कसरी देखिदैँछ फेसबुकमा ‘ब्लु टिक’ ?
काठमाण्डाै – फेसबुकले मेटा भेरिफाइड सुविधा ल्याएसँगै तपाईँहरूले फेसबुकमा जताततै ‘ब्लु टिक’ भएका भेरिफाइड प्राेफाइलहरू देख्नु भएकाे हाेला । मेटा भेरिफाइड फेसबुकले आधिकारिक रूपमै सार्वजनिक गरेकाे सुविधा हाे । प्रयोगकर्ताले मासिक ८ डलर (१ हजार ६६ रुपैयाँ) तिरेर याे सुविधा लिन सक्छन् । यसले तपाईँकाे अकाउन्टले ‘ब्लु टिक’ पाउने गर्छ ।
कसले पाउने ?
फेसबुकले निःशुल्क दिने ब्लु टिक सेलिब्रेटी, नेता अथवा अन्य बहुचर्चित व्यक्तिहरूले पाउँथे भने मेटा भेरिफाइड भने शुल्क तिरेर जो कसैले पनि लिन मिल्छ ।
सेलिब्रेटीले पाउने र मेटा भेरिफाइड बाट पाउने टिक एउटै हो त ? हाेइन । फेसबुकले सेलिब्रेटिलाई दिने टिक निःशुल्क र लाइफटाइम हुन्छ भने मेटा भेरिफाइड सःशुल्क हुन्छ जसमा मासिक ८ लडर मेटालाई तिर्नुपर्ने हुन्छ । पैसा नतिरे टिक हट्ने गर्दछ ।
फेसबुकले आधिकारिकता हेरेर दिने टिक पाउन निकै मुश्किल छ, फेसबुकले थुप्रै कुरामा ध्यान दिएर मात्रै पेज अथवा प्रोफाइललाई टिक दिएको हुन्छ । जस्तै: सम्बन्धित व्यक्तिकाे बारेमा सञ्चारमाध्यममा आएका समाचार, फलाेअर, अकाउन्टकाे सक्रियता आदि ।
यस्तै निःशुल्क टिक दिएको खातामा कुनै पनि प्रतिबन्ध हुँदैन तर मेटा भेरिफाइडमा भने विभिन्न प्रतिबन्ध लगाइएको हुन्छ । जस्तै: महिनामा एक पटक मात्रै प्रोफाइल फोटो परिवर्तन गर्न मिल्छ जसलाई मेटाले अनुमाेदन गर्ने गर्छ । यस्तै अकाउन्ट नाम, प्रयाेगकर्ताकाे नाम परिवर्तन गर्न मिल्दैन ।
मेटा भेरिफाइडबाट प्राप्त हुने ब्लु टिक भने व्यक्तिगत फेसबुक वा इन्स्टाग्राम प्रोफाइलमा मात्र लिन सकिन्छ, फेसबुक पेजमा भने लिन सकिँदैन ।
सेलिब्रेटीले ब्लु टिक कसरी पाउने ?
सेलिब्रेटीले ब्लु टिक पाउनका लागि आवेदन दिनुअघि बुझ्नुपर्ने कुराहरू:- यो टिक फेसबुकले राष्ट्रिय सञ्चारमाध्यममा आएका समाचार, पेज/प्रोफाइलको सक्रियता, पेजमा भएका फलोवर, गुगलमा सम्बन्धित व्यक्तिकाे नामबाट आउने परिणाम आदिलाई हेरेर दिने गर्दछ । यदि यी सबै कुरा पुग्छ भने तपाईँले https://www.facebook.com/help/contact/295038365360854 मा गएर आवेदनमा मागेअनुसारको जानकारीहरू दिएर भेरिफिकेशन प्राप्त गर्न सक्नुहुन्छ । याे आवेदन बुझाएको १ देखि ४८ घण्टाभित्र फेसबुकले मेल र नोटिफिकेशन मार्फत आवेदन स्वीकृत भएको वा नभएकोबारे बताउने गर्दछ । साथै आवेदन स्वीकृत नभएको खण्डमा ३० दिनपछि पनि आवेदन दिन मिल्छ ।
मेटा भेरिफाइड कसरी पाउने ?
फेसबुकले आधिकारिक रूपमै धेरैजसो देशमा यो सेवा दिए पनि नेपालमा भने सबै प्रोफाइलमा आइसकेको छैन । सो सेवा लिन आफ्नो प्रोफाइलकाे थ्री डटमा गएर मेटा भेरिफाइड विकल्पले दिएकाे निर्देशनअनुसार ८ डलर बुझाएर, आफ्नो नागरिकता वा पासपोर्टको कपी बुझाएर सदस्यता लिन सकिन्छ । यदि तपाईँको प्रोफाइलमा यो विकल्प छैन र बाहिर देशबाट केही दिन सञ्चालन गर्ने हाे भने यो विकल्प उपलब्ध हुने गर्छ । मेटा भेरिफाइको बारेमा थप बुझ्न उज्यालो https://facebook.com/help/1206202490291214/ याे लिङ्कमा जान सकिन्छ ।
सन्ताेष सापकाेटा : सापकाेटा सामाजिक सञ्जाल प्रबन्धक हुन् । सापकोटाले नेपाल र भारतका केही सेलिब्रेटीहरूको सामाजिक सञ्जाल प्रबन्धकका रूपमा काम गरिरहेका छन् ।
October 1, 2023 10:29 pm | प्रविधि
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन