बझाङकाे भातेखोला केन्द्रबिन्दु भएर ५ दशमलव ३ रेक्टरस्केलको भूकम्प
3 years अगाडी
manoj Thapa
बझाङ – बझाङमा फेरि भूकम्पको धक्का महसुस भएको छ ।
आज बिहान ११ बजेर ४५ मिनेटमा बझाङको भातेखोला केन्द्रबिन्दु बनाएर ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । यस्तै, १२ बजेर ३२ मिनेटमा पनि चार दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ ।
आजको भूकम्पका कारण घरको पाली भत्किएर मष्टा गाउँपालिका वडा नम्बर ४ का ८६ वर्षका सुको फराडा घाइते हुनुभएको वडाअध्यक्ष उत्तम जोशीले जानकारी दिनुभयो । बझाङ केन्द्रबिन्दु भएर गएको मङ्गलवारपछि चार रेक्टरस्केलभन्दा माथिका १५ वटा भूकम्प गएका छन् ।
कयौँ पटक परकम्प गएका स्थानीयले बताएका छन् । भूकम्पमा परि एक जनाको ज्यान गएको छ भने केही घाइते भएका छन् । जिल्लाका व्यक्तिगत घर र सार्वजनिक भवनहरूमा क्षति पुगेको छ । उज्यालो
October 7, 2023 5:18 pm | प्रकोप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Loading...