साम्प्रदायिक हिंसा फैलाउन ‘षड्यन्त्र’ गरेको आरोपमा खोटाङकी युट्युबर उमा राई सिक्किमबाट पक्राउ
काठमाण्डाै – साम्प्रदायिक हिंसा फैलाउन षड्यन्त्र गरेको आरोपमा भारतको सिक्किमबाट खोटाङकी युट्युबर उमा चाम्लिङ राई पक्राउ परेकी छिन् । उनका अभिव्यक्ति र सामग्री हिंसा फैलाउने खालका भएको भन्दै सिक्किम पुलिसले हिजो शनिवार राईलाई पक्राउ गरेको इन्डिया टुडेले जनाएको छ ।
सत्तारूढ सिक्किम क्रान्तिकारी मोर्चा पार्टीकी सदस्य शिला राईले दायर गरेको एफआईआरको आधारमा राईलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । राईले केही दिनअघि सामाजिक सञ्जालमार्फत सिक्किमका राई समुदायका सदस्यहरूलाई आफ्नो अधिकारका लागि खडा हुन आग्रह गरेकी थिइन् । आउँदो वर्ष अर्थात् सन् २०२४ को विधानसभा चुनावलाई प्रभाव पार्ने उद्देश्यले उनले सिक्किमका बासिन्दाबीच साम्प्रदायिक हिंसा र आतङ्क फैलाउने षड्यन्त्र गरेको एफआईआरमा उल्लेख छ ।
पक्राउ परेकी उमाले सिक्किमका विभिन्न जातजाति र सम्प्रदायबीच हिंसा भड्काउने खालका सामग्री युट्युबमा राख्दै आएको आरोप लगाइएको छ । राईलाई अदालतमा हाजिर गराएपछि प्रहरीले थप अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न अनुमति पाएको स्रोतलाई उद्धृत गर्दै इन्डिया टुडेको समाचारमा उल्लेख छ । उज्यालो
December 31, 2023 4:03 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन