न्युरोडमा पार्किङ गर्न नदिएको भन्दै व्यवसायी आन्दोलित, महानगरलाई चाबी बुझाउने तयारी
काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले न्युरोड क्षेत्रमा गाडी पार्किङ गर्न नदिएपछि व्यवसायीहरूले शटर बन्द गरेर विरोध जनाएका छन् । महानगरले हिजो बिहानदेखि न्युरोडको कालोपत्र सडकमा पार्किङ गर्न निषेध गरेको थियो । यसकै विरोधमा काठमाण्डौ महानगरपालिकाको वडा नम्बर २२ ,२३ र २४ का व्यवसायीहरूले हिजैदेखि शटर बन्द गरेर आन्दोलन थालेका हुन् । उनीहरुले आज सबै शटर बन्द गरेर महानगरलाई चाबी बुझाउने तयारी गरेका छन् ।
ताम्राकार मोबाइल व्यापार सङ्घका अध्यक्ष गुरुदत्त शर्माले कोरोना महामारीलगायतका कारण व्यवसायबाट पलायन हुन थालेका व्यवसायीहरूलाई हतोत्साही बनाएर महानगरले न्युरोड क्षेत्रमा पार्किङ बन्द गर्ने निर्णय गरेको आरोप लगाउनुभयो ।
महानगरले धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरेको छ । महानगरले न्युरोडको पार्किङको विकल्पमा काठमाण्डौ टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराइएको जानकारी दिएको छ ।
काठमाण्डौ टावरमा ३ सय वटा चार पाङ्ग्रे र ७ सय वडा दुई पाङ्ग्रे गाडी पार्किङ गर्न सकिने महानगरले जनाएको छ । व्यवसायीहरूले भने यो पार्किङ क्षेत्र उपयुक्त नभएको बताएका छन् । उज्यालो
January 24, 2024 12:18 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन