Monday 29th April 2024

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेत र नेपाली दूतावासबिच भेटघाट

3 months अगाडी

कुवेत – नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले १ फ्रेब्रुअरी २०२४ का दिन नेपाली दूतावास कुवेतमा विशेष भेटघाट कार्यक्रम गरेको छ ।

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको अध्यक्ष राज मल्लको टोलीले कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्साल , काउन्सेलर सुजनी राना, प्रथम सचिव तथा सूचना अधिकारी प्रमराज गौतम, कुटनीतिक सहचारी नबिन पराजुली र श्रम सहचारी गिरी प्रसाद आचार्य संग भेटघाट गरेको हो ।

महासंघले कार्यसमितिका पदाधिकारीहरुको विवरण सहित  कुवेतबाट संचालित मिडियाको लिस्ट राजदूत घनश्याम लम्साललाई हस्तान्तरण गरेको थियो । कुवेतमा कार्यरत नेपाली श्रमिकको समसामयिक समस्या र त्यसको न्यूनीकरण लगायतको विषयमा विशेष छलफल भएको थियो । राजदूतले नयाँ कायसमितिलाई कार्यसफलताको शुभकामना दिदै स्वागत गर्नु भएको थियो । उहाँले भन्नु भयो ‘कुवेतमा रहेका नेपालीलाई दूतावासको तर्फबाट गर्नुपर्ने कामहरु सहज बनाउन  प्रयासरत  रहेको छ । साथै पत्रकार संग मिलेर अगाडी बढ्ने र कुवेतमा कार्यरत नेपाली श्रमिकको हितमा काम गर्ने प्रतिबद्धता गर्छु । दूतावासमा दिनानुदिन घरेलु कामदारको समस्या आईरहेको र उक्त समस्या समाधान गर्न दूतावासले हदैसम्म पहल गरिरहेको छ ‘।

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका अध्यक्ष राज मल्लले कुवेतमा सरकारले घरेलु कामदार आउन प्रतिबन्ध गरे पनि अवैधानिक बाटो हुदै आउनेको सङ्ख्या बढेको र कुवेत सरकार र नेपाल सरकारले दोहोरो श्रम सम्झौता गरे मात्र केही हदसम्म भए पनि घरेलु कामदारको समस्या न्यूनीकरण हुने बताउनु भयो । त्यस्तै कम्पनीमा ७०/७५ केडी तलबमा काम गर्न आउने श्रमिकले समयमै तलब नपाउने र करार अवधी भन्दा पहिले नै कम्पनीको प्रोजेक्ट सकिने समस्या आएको हुदा दूतावास बाट डिमान्ड पास गर्दा कम्पनी अनुसन्धान गरेर मात्र डिमान्ड पास गर्न दूतावासलाई अनुरोध गर्नुभएको थियो ।

भेटघाट कार्यक्रममा  नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका कार्यसमिति उपाध्यक्ष चन्द्र गोतामे, सचिव हरी बानिया , सदस्य बिजय धामी र जय नारायण थारु माझी लगाएतले कुवेतमा रहेका आम श्रमिक समस्या बारे जानकारी गराउदै सहजीकरणको लागि दूतावासलाई अनुरोध गर्नुभएको थियो ।

          February 2, 2024 3:15 pm | समाचार,समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...