Monday 6th May 2024

किर्ते गर्दा फन्दामा बुद्धी वली फन्दामा

3 months अगाडी

नेपाली जनसम्पर्क समिती क्यानडाले हालै काठमान्डौमा चलिरहेको महासमितिमा भाग लिने क्रममा २ बर्ष अघि छानिएको महाधिबेशन प्रतिनिधिहरुको नाम हेरफेर गरि किर्ते गर्दा फन्दामा परेको छ। नेपाली काङ्रेसको बिधानमा निर्वाचन समितिले अन्तिम नामावली भनेर प्रकासित नाम कसैले हेरफेर गर्न सक्दैन। तर धेरै पटक किर्ते गर्दा गर्दै माहिर भई सकेका खेलाडीहरुको दिन प्रतिदिन आत्मावल बढ्दै जादा अहिले यो दुर्घाटना भएको हो।


१४औ महाधिबेशनको पुर्व सन्ध्यामा निर्वाचन आयोगले प्रकाशित गरि त्यसको आधारमा निर्वाचन सम्पन्न भई सकेकोछ। त्यस बेला प्रकासित नामवाली बमोजिम उदय दुरा, निरन्जन थापा, बुद्दी ओली, डा. जितु तिमिल्सेन, चन्दा अधिकारी, तुला भट्टचन र विशाल घिमिरे गरि ७ जना महाधिबेशन प्रतिनिधि रहेका थिए।

जन सम्पर्क समितिका सभापती द्वय भुवानी तिमिल्सेना(युएई) र आनन्द बिष्ट (अमेरिका)को आडमा मनोमानी गरिरहेको क्यानडाका ओली, पाण्डे समुह भने आफ्नो योजना मुताबिक काम नहुदा अहिले बिलखबन्दनमा परेका छन। उनीहरुले किर्ते गरेको लिष्ट बमोजिम महाधिबेसन प्रतिनिधीमा बुद्दी ओली, हेमराज पाण्डे, चन्दा अधिकारी, प्रकाश ज्ञवाली, राजेन्द्र पोखरेल, जितु उपाध्याय, र सुरेश रजौरे रहेका छन।
यो किर्ते पकृया सङ्गै नेपालको सम्बिधान र काङ्रेसको बिधान बमोजिम बिदेशी नागरिक जन सम्पर्क समितिको सभापती र महाधिबेशन प्रतिनिधि हुन नपाउने नियम रहेकोले क्यानडाको रिफ्युजी हुँदै क्यानडाको पासपोर्ट लिएका ओली अहिले आफ्नो पद गुम्ने छटफटाहटमा परेका छन। विश्व सम्मेलनको हवाला दिदै मानव तस्करी गर्ने योजनामा रहेका बिष्ट, तिमिल्सेना समुह समेत कतै सो कार्यक्रम अगावै ओलिको पद गुम्लाकी भन्ने छटपटीमा रहेको श्रोत बताउछ।

राष्टृय सभा अध्यक्षको हालसालै भएको क्यानडाको शन्कासद भ्रमणमा यो समुहको समेत सग्लग्नता रहेको हुन सक्ने आशन्का रहेको श्रोत बताउछ।NRNAक्यानडाका अध्यक्ष माधव दुलालले बोर्डलाई छलेर सन्स्थाको लेटर प्याड प्रयोग गरी अध्यक्ष गणेश प्रसाद तिमिल्सेनालाई आमन्त्रण गरेका थिए। उक्त भ्रमणलाई लिएर झन्डै २ दर्जन मान्छे क्यानडा आएको चर्चा अहिले नेपाली समाजमा चलिरहेकोछ।

अहिले क्यानडामा रहेका सम्पूर्ण लोकतन्त्रबादी समुहहरु र निजको कार्य समिति भित्रकै अधिकांश सदस्यहरु बुद्धी ओली र हेम पाण्डेको किृयाकलाप देखेर वाक्क दिक्क भएका छन । नेपाली जनसंपर्क समिति(NPRC)का सभापति उदय दुरा र चियर पर्सन निरन्जन थापाको अनुसार बुद्धी प्रकाश वली बिरुद्ध यथेष्ट प्रमाण नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समिति र पार्टीलाई बुझायको र पार्टीले अव बस्ने कार्य समितिको बैठकबाट नीज बुद्धी प्रकाश वलीलाई बर्खास्त गर्नेमा बिश्वस्त देखिन्छन।

क्यानडामा रहेका नेपाली जनसंपर्क समिति संग आबद्ध रहेका प्राय जसो सक्रिय ब्यक्तिहरुसंग सम्बाद गरेको आधारमा महाधिबेसन प्रतिनिधि उदय दुराको समुह क्यानडामा एकदम मजबुत रहेको र उनी बिगत लामो समय देखि तरुणदल चितवनको जिल्ला सभापति हुंदा देखिनै पार्टी सभापति शेर बहादुर देउवा समुह संग निकट रहदै आयको हुंदा उनी एकिकिृत जनसंपर्क समितिको सभापति हुनेमा बिश्वश्त देखिन्छन। उनीहरुले क्यानडामा रहेको बिक्रितीलाई पन्छाउदै लोकतन्त्रबादीहरुलाई एक ढिक्का बनाउने सामर्थ्य उनको समुह रहेको दाबी गर्छन।

          February 19, 2024 9:03 am | राजनीति


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...