

लुम्बिनी समाज नेपाल-कुवेतको ११औं बार्षिक उत्सव तथा छैठौं अधिबेशन अगस्ट २३ हुने

कुवेत हरि बानियाँ- लुम्बिनी समाज नेपाल-कुवेतको ११औं बार्षिक उत्सव तथा छैठौं अधिबेशन अगस्ट २३ तारिख २०२४ को दिन भलिबल प्रतियोगिताका साथ बनाउने भएकाे जानकारी लुम्बिनी समाज नेपाल-कुवेतका प्रतिनिधिले जनाए।
उक्त दिन कुनै पनि कार्यक्रम नराखिदिनुहुन लुम्बिनी समाज नेपाल-कुवेत हार्दिक अनुरोध गर्दछ।
लुम्बिनी समाज नेपाल कुवेतले आफ्नो स्थापना कालदेखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था लुम्बिनी समाज नेपाल कुवेतले ११औं बार्षिक उत्सव तथा छैठौं अधिबेशन अगस्ट २३ तारिख २०२४ मनाउने भएकाे छ।
समाजले बिगतका दिनहरुमा जस्तै यस पकटको कार्यक्रममा पनि सबैको सहकार्य अपरिहार्य रहने बताउदै कुवेतमा कृयाशिल सम्पूर्ण संघसंस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडीका साथै सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई उक्त कार्यकाममा उपस्थितिको लागी अनुरोध गर्दै उक्त दिनको कुनै संघसंस्थाका साथै व्यक्ति विषेशले कार्यक्रम नजुधादिनु हुन समेत समाजको अध्यक्ष नेत्र पेमी मगरले आग्रह गरेका छन।
थप जानकारीका लागि तल दिईकाे टेलिफोन नम्बरमा सम्पर्क गर्नुहोला
रमेश पाल्पाली : ९८८५ ०७३५
शान्ता भन्डारी: ६५६८ ३७२२
नेत्र पेमी मगर : ६६९७ ०३७६
अशोक ओस्ति: ६५५३ ९७८१
कृष्ण पुन: ९७२६७०४१

प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

स्वर्गीय नेता मदन भण्डारीको ७५औं जयन्ती मूल व्यवस्थापन समिति गठन

घुस प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई कारबाही गर्न चौतर्फी दबाव

एनआरएनए कुवेतको अध्यक्षको लागि तीन जनाको उम्मेदवारी, आईसिसी सदस्यमा गिरि एक्लो उम्मेदवार

आदिकवि भानभक्त आचार्यको जन्मजयन्ती मनाइँदै

झापाली समाज कुवेतको छैटौ अधिवेशन बाट अध्यक्ष पदमा लिला पाण्डे निर्वाचित

काठमाण्डाै महानगरको बजेट सीमा २५ अर्ब ११ करोड रुपैयाँ

नेपाल पत्रकार महासङ्घ कुवेतद्वारा सचिवद्वय गौतम र बिँडारीलाई गर्यो बिदाई

