हिमालय एअरलाइन्सले कुवेतमा फेरि उडान शुरू गर्ने
1 year अगाडी
manoj Thapa
काठमाण्डाै – हिमालय एअरलाइन्सले कुवेतमा फेरि उडान शुरू गर्ने भएको छ । नेपालको एकमात्र निजी अन्तर्राष्ट्रिय एअरलाइन्सका रूपमा रहेको हिमालय एअरलाइन्सले यही अगस्टको २० तारिखदेखि काठमाण्डौ–कुवेत सिधा उडान गर्ने भएको हो ।
काठमाण्डाै–कुवेत–काठमाण्डाै उडानले दुई देशका नागरिकबीचको सम्बन्धलाई बलियाे बनाउने तथा पर्यटन र व्यापारलाई प्रवर्द्धन गर्न सहयोग पुर्याउने एअरलाइन्सले जनाएको छ । सेवा र ग्राहक अनुभवलाई अझ सुदृढ बनाउनका लागि एअरलाइन्सले कुवेतका लागि जनरल सेल्स एजेन्ट जीएसएको रूपमा सिजर्स ट्राभल ग्रुपलाई नियुक्त गरेको छ ।
शुरूमा हप्तामा एउटा उडान हुनेछ । हिमालय एअरलाइन्ससँग अहिले चार वटा जहाज रहेका छन् । यो एअरलाइन्सले संयुक्त अरब इमिरेट्स (यूएई), मलेसिया, कतार, साउदी अरेबिया, कुवेत, बङ्गलादेश र चीनमा यात्रुवाहक उडान सञ्चालन गरिरहेको छ । उज्यालो
August 12, 2024 11:21 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
Loading...