

एनआरएनए एनसिसि कुवेतले भलिबल प्रतियोगिता आयोजना गर्ने, इतिहासकै ठूलो धनराशि पुरस्कार घोषणा :

एनआरएनए एनसिसि कुवेतले आगामी सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
कुवेतमा भलिबल इतिहासकै सबैभन्दा ठूलो धनराशि पुरस्कार घोषणा गरिएको यस प्रतियोगिताले यहाँका भलिबल खेलाडीहरूलाई उच्च हौसला दिने र खेलप्रति चासो तथा लोकप्रियता बढाउने विश्वास आयोजकले लिएका छन्।
कुवेतमा रहेका नेपाली भलिबल टिमहरूसँगै भुटानी टिमहरूलाई समेत सहभागिता गराउने प्रयास रहेको जनाउँदै एनसिसि उपाध्यक्ष तथा खेलकुद विभाग प्रमुख विकास सिंह ठकुरीले खेलमा आयोजक तथा रेफ्रीको निर्णायक भूमिका रहने स्पष्ट पारेका छन्।
विशेष जानकारी:
दर्ता शुल्क -मात्र २५ केडी
पहिलो पुरस्कार -४०१ केडी, ट्रफी, मेडल, प्रमाणपत्र
दोस्रो पुरस्कार- २५१ केडी, ट्रफी, मेडल, प्रमाणपत्र
तृतीय तथा चौथो स्थान- आकर्षक उपहारहरू
टाइसिटबारे:
मिति- ५ सेप्टेम्बर २०२४
स्थान- नमस्ते नेपाली रेष्टुरेन्ट, महाबुल्ला
समय- साँझ ५ बजे
प्रतियोगिताबारे-
मिति- १३ सेप्टेम्बर २०२४
स्थान- फाहिल स्पोर्टिङ क्लब
समय- बिहान ८ बजेबाट
सम्पर्क :
60767749, 67726405, 51003611

प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

स्वर्गीय नेता मदन भण्डारीको ७५औं जयन्ती मूल व्यवस्थापन समिति गठन

घुस प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई कारबाही गर्न चौतर्फी दबाव

एनआरएनए कुवेतको अध्यक्षको लागि तीन जनाको उम्मेदवारी, आईसिसी सदस्यमा गिरि एक्लो उम्मेदवार

आदिकवि भानभक्त आचार्यको जन्मजयन्ती मनाइँदै

झापाली समाज कुवेतको छैटौ अधिवेशन बाट अध्यक्ष पदमा लिला पाण्डे निर्वाचित

काठमाण्डाै महानगरको बजेट सीमा २५ अर्ब ११ करोड रुपैयाँ

नेपाल पत्रकार महासङ्घ कुवेतद्वारा सचिवद्वय गौतम र बिँडारीलाई गर्यो बिदाई

