एनआरएनए एनसिसि कुवेतले भलिबल प्रतियोगिता आयोजना गर्ने, इतिहासकै ठूलो धनराशि पुरस्कार घोषणा :
एनआरएनए एनसिसि कुवेतले आगामी सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
कुवेतमा भलिबल इतिहासकै सबैभन्दा ठूलो धनराशि पुरस्कार घोषणा गरिएको यस प्रतियोगिताले यहाँका भलिबल खेलाडीहरूलाई उच्च हौसला दिने र खेलप्रति चासो तथा लोकप्रियता बढाउने विश्वास आयोजकले लिएका छन्।
कुवेतमा रहेका नेपाली भलिबल टिमहरूसँगै भुटानी टिमहरूलाई समेत सहभागिता गराउने प्रयास रहेको जनाउँदै एनसिसि उपाध्यक्ष तथा खेलकुद विभाग प्रमुख विकास सिंह ठकुरीले खेलमा आयोजक तथा रेफ्रीको निर्णायक भूमिका रहने स्पष्ट पारेका छन्।
विशेष जानकारी:
दर्ता शुल्क -मात्र २५ केडी
पहिलो पुरस्कार -४०१ केडी, ट्रफी, मेडल, प्रमाणपत्र
दोस्रो पुरस्कार- २५१ केडी, ट्रफी, मेडल, प्रमाणपत्र
तृतीय तथा चौथो स्थान- आकर्षक उपहारहरू
टाइसिटबारे:
मिति- ५ सेप्टेम्बर २०२४
स्थान- नमस्ते नेपाली रेष्टुरेन्ट, महाबुल्ला
समय- साँझ ५ बजे
प्रतियोगिताबारे-
मिति- १३ सेप्टेम्बर २०२४
स्थान- फाहिल स्पोर्टिङ क्लब
समय- बिहान ८ बजेबाट
सम्पर्क :
60767749, 67726405, 51003611
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन