श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपतिद्वारा नयाँ मन्त्रीमण्डल गठन, प्रधानमन्त्रीमा अमरसुरिया नियुक्त
श्रीलङ्काका नयाँ वामपन्थी राष्ट्रपति अनुरा कुमारा दिसानायकेले मन्त्रीमण्डल गठन गर्नुभएको छ । राष्ट्रपति दिसानायकेले ठूलो जीत हासिल गरेपछि पदभार ग्रहण गरे लगत्तै नयाँ मन्त्रीमण्डल गठन गर्नुभएको हो ।
श्रीलङ्काको २ सय २५ सदस्यीय संसदमा अहिले उहाँको पार्टी नेशनल पीपुल्स पावर (एनपीपी) गठबन्धनको तर्फबाट जम्मा तीन जना सांसद छन् । तर सन् २०२२ को आर्थिक मन्दीले श्रीलङ्काका लाखौँ नागरिकलाई प्रभावित पारेको र आईएमएफको उद्धार योजनाको पीडादायी कार्यान्वयनपछि उहाँप्रतिको समर्थन बढेको थियो ।
आर्थिक सङ्कटको समना गरिरहेको श्रीलङ्काका लागि ५४ वर्षीया सांसद हरिनी अमरसुरिया न्याय, शिक्षा, स्वास्थ्य र श्रमको अतिरिक्त विभागसहित प्रधानमन्त्रीको रूपमा नियुक्त हुनुभएको बीबीसीले जनाएको छ ।
चार वर्षअघि पहिलोपटक संसदमा निर्वाचित हुनुभएकी अमरसुरिया लैङ्गिक समानता र अल्पसङ्ख्यक अधिकारका मुद्दाहरूमा सक्रियताका लागि परिचित हुनुहुन्छ । श्रीलङ्कामा महिला प्रधानमन्त्री चयन भएको यो तेस्रो पटक हो ।
उहाँ र बाँकी दुई जेभीपीका सांसदले सबै मन्त्रीका जिम्मेवारी बहन गर्ने र संसद विघटन भएपछि कार्यवाहक मन्त्रीको रूपमा पनि काम गर्ने बीबीसीको खबरमा उल्लेख छ । आफ्नो कार्यकालमा श्रीलङ्काको इतिहासमा सबैभन्दा सानो मन्त्रीमण्डल हुने राष्ट्रपति दिसानायकेले बताउनुभयो । उज्यालो
September 25, 2024 8:31 am | विश्व
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन