

श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपतिद्वारा नयाँ मन्त्रीमण्डल गठन, प्रधानमन्त्रीमा अमरसुरिया नियुक्त

श्रीलङ्काका नयाँ वामपन्थी राष्ट्रपति अनुरा कुमारा दिसानायकेले मन्त्रीमण्डल गठन गर्नुभएको छ । राष्ट्रपति दिसानायकेले ठूलो जीत हासिल गरेपछि पदभार ग्रहण गरे लगत्तै नयाँ मन्त्रीमण्डल गठन गर्नुभएको हो ।
श्रीलङ्काको २ सय २५ सदस्यीय संसदमा अहिले उहाँको पार्टी नेशनल पीपुल्स पावर (एनपीपी) गठबन्धनको तर्फबाट जम्मा तीन जना सांसद छन् । तर सन् २०२२ को आर्थिक मन्दीले श्रीलङ्काका लाखौँ नागरिकलाई प्रभावित पारेको र आईएमएफको उद्धार योजनाको पीडादायी कार्यान्वयनपछि उहाँप्रतिको समर्थन बढेको थियो ।
आर्थिक सङ्कटको समना गरिरहेको श्रीलङ्काका लागि ५४ वर्षीया सांसद हरिनी अमरसुरिया न्याय, शिक्षा, स्वास्थ्य र श्रमको अतिरिक्त विभागसहित प्रधानमन्त्रीको रूपमा नियुक्त हुनुभएको बीबीसीले जनाएको छ ।
चार वर्षअघि पहिलोपटक संसदमा निर्वाचित हुनुभएकी अमरसुरिया लैङ्गिक समानता र अल्पसङ्ख्यक अधिकारका मुद्दाहरूमा सक्रियताका लागि परिचित हुनुहुन्छ । श्रीलङ्कामा महिला प्रधानमन्त्री चयन भएको यो तेस्रो पटक हो ।
उहाँ र बाँकी दुई जेभीपीका सांसदले सबै मन्त्रीका जिम्मेवारी बहन गर्ने र संसद विघटन भएपछि कार्यवाहक मन्त्रीको रूपमा पनि काम गर्ने बीबीसीको खबरमा उल्लेख छ । आफ्नो कार्यकालमा श्रीलङ्काको इतिहासमा सबैभन्दा सानो मन्त्रीमण्डल हुने राष्ट्रपति दिसानायकेले बताउनुभयो । उज्यालो
September 25, 2024 8:31 am | विश्व
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

घुस प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई कारबाही गर्न चौतर्फी दबाव

एनआरएनए कुवेतको अध्यक्षको लागि तीन जनाको उम्मेदवारी, आईसिसी सदस्यमा गिरि एक्लो उम्मेदवार

आदिकवि भानभक्त आचार्यको जन्मजयन्ती मनाइँदै

झापाली समाज कुवेतको छैटौ अधिवेशन बाट अध्यक्ष पदमा लिला पाण्डे निर्वाचित

काठमाण्डाै महानगरको बजेट सीमा २५ अर्ब ११ करोड रुपैयाँ

नेपाल पत्रकार महासङ्घ कुवेतद्वारा सचिवद्वय गौतम र बिँडारीलाई गर्यो बिदाई

झापाली समाज कुवेतको छैटौ महाधिवेशनको सम्पुर्ण तयारी पुरा

३१ औं विश्व आदिवासी दिवस तथा नेपाल आदिवासी जनजाति महासंघ कुवेतको पाँचौँ अधिवेशन २०२५ भव्य रूपमा मनाइने भएको छ

