कुवेतमा “रूपन्देही सेवा समाज कुवेत” गठन, अध्यक्षमा मित्र भक्त आचार्य
कुवेत/ “स्वार्थ भन्दा माथि सेवा यहि नै बुद्ध भुमि / शान्ति भुमि प्रतिको टेवा ” भन्ने नारालाई आत्मसात गर्दै, रोजगारीको शिलशिलामा प्रबासी भूमी कुवेतमा रहेर पनि आफ्नो जिल्ला “रूपन्देही ” को सामाजिक बिकासमा केही टेवा पुर्याउने र यहा भएका रूपन्देही बासीहरुलाइ एकजुट गराएर हर सुख – दु:खमा सक्दो साथ दिने र कुवेतको नेपाली समाजमा प्रत्यक्ष या अप्रतक्ष्य रुपमा सहकार्य गर्ने उद्देश्यका साथ मित्र भक्त आचार्यको अग्रसरतामा आज मिति सेप्टेम्बर २७ तारिख शुक्रबार २०२४ को दिन कुबेतको फरवानिया स्थित फरवानिया पब्लिक पार्क मा कुवेतमा भएका रूपन्देहीबासीहरूलाइ जम्मा गराइ अॏपचारीकरूपमा संस्थाको प्रथम भेला बस्यो, उक्त भेलाले रूपन्देही सेवा समाज कुवेत गठन गर्नुको साथै मित्र भक्त आचार्य को अध्यक्षत्मा (१३ सदस्यीय) कार्यकारिणी समिति समेत गठन गरेको छ।

रूपन्देही सेवा समाज कुवेतको कार्यकारिणी समितिमा निम्न पदाधिकारिहरु चयन भएका छन्:
अध्यक्ष – मित्र भक्त आचार्य
उपाध्यक्ष – राज भण्डारी
महिला उपाध्यक्ष – आशा थापा
सचिव – चोकलाल भुर्तेल
सहसचिव – मनिषा शर्मा
कोषाध्यक्ष – (अर्को बैठकमा चयन गरिने)
अर्थ संयोजक/लेखा – (अर्को बैठकमा चयन गरिने)
का.स.सदस्य – होम जंग क्षेत्री
का.स.सदस्य – अनिल गॏतम
का.स.सदस्य – गम बहादुर पुन
का.स.सदस्य –नारायण अधिकारी
का.स.सदस्य – जागिसरा सारू
का.स.सदस्य – उमा पॏडेल
सल्लाहकार – गम बहादुर सुनार
सल्लाहकार – हेमन्त नगरकोटी रहनु भएको छ भने समाजले कुवेतमा रहेका अन्य नेपाली सँघ-संस्थाहरु र नेपाली राजदूतावास सँग समन्वय गरि अघि बढ्ने र अब चाडै नै अधिवेशन गर्ने रूपन्देही सेवा समाज कुवेतको योजना रहेको अध्यक्ष मित्र भक्त आचार्यले जानकारी दिनुभयो । भेला लाई समाजको सदस्य चोकलाल भुर्तेल र सल्लाहकार गम बहादुर सुनारले सन्चालन गरेका थिए।
पुनश्चः अध्यक्ष आचार्यले कुवेतमा भएका सबै रूपन्देहीबासीहरूलाइ फेसबुक मार्फत वा 66469060 नम्बरमा सम्पर्क गरी संस्थामा आवद्द हुन समेत आग्रह गर्नुभएको छ ।
October 1, 2024 10:58 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन