

निगमको न्यारोबडी जहाजद्वारा काठमाण्डौ–भैरहवा उडान सम्पन्न
9 months अगाडी
manoj Thapa

काठमाण्डौ – नेपाल एअरलाइन्सको न्यारोबडी जहाजले काठमाण्डौ–भैरहवा उडान गरेको छ । काठमाण्डौबाट १ सय ५८ जना यात्रु लिएर उडेको न्यारोबडी जहाज दिउँसो १२ बजेर ५५ मिनेटमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण भएको हो ।
निगमले गएको सोमवार काठमाडौ–भैरहवाको लागि टिकट खुलाएकोमा अर्को दिन बिहानै बिक्री भइसकेको थियो ।
सडक खराब हुँदा धेरै मानिस हवाई यात्रा गर्न बाध्य छन् । तर हवाइजहाजको टिकट पनि नपाएको र धेरै महँगो भएको गुनासोलाई केही हदसम्म सम्बोधन गर्न नेपाल एअरलाइन्सले विदेशमा उडान गर्दै आएको जहाजमार्फत भैरहवामा एउटा उडान गरेको हो । काठमाण्डौबाट भैरहवाको लागि भाडादर ७ हजार रुपैयाँ रहेको थियो । उज्यालो
October 10, 2024 5:07 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

आदिकवि भानभक्त आचार्यको जन्मजयन्ती मनाइँदै

झापाली समाज कुवेतको छैटौ अधिवेशन बाट अध्यक्ष पदमा लिला पाण्डे निर्वाचित

काठमाण्डाै महानगरको बजेट सीमा २५ अर्ब ११ करोड रुपैयाँ

नेपाल पत्रकार महासङ्घ कुवेतद्वारा सचिवद्वय गौतम र बिँडारीलाई गर्यो बिदाई

झापाली समाज कुवेतको छैटौ महाधिवेशनको सम्पुर्ण तयारी पुरा

३१ औं विश्व आदिवासी दिवस तथा नेपाल आदिवासी जनजाति महासंघ कुवेतको पाँचौँ अधिवेशन २०२५ भव्य रूपमा मनाइने भएको छ

बाढीले नेपाल–चीन जोड्ने मितेरी पुलसँगै गाडी बगायो, त्रिशूली नदीमा बाढीको जोखिम

महिला एशियन कप छनोट : निर्णायक खेलमा नेपाल उस्वेकिस्तानसँग पराजित
Loading...

