निगमको न्यारोबडी जहाजद्वारा काठमाण्डौ–भैरहवा उडान सम्पन्न
2 years अगाडी
manoj Thapa
काठमाण्डौ – नेपाल एअरलाइन्सको न्यारोबडी जहाजले काठमाण्डौ–भैरहवा उडान गरेको छ । काठमाण्डौबाट १ सय ५८ जना यात्रु लिएर उडेको न्यारोबडी जहाज दिउँसो १२ बजेर ५५ मिनेटमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण भएको हो ।
निगमले गएको सोमवार काठमाडौ–भैरहवाको लागि टिकट खुलाएकोमा अर्को दिन बिहानै बिक्री भइसकेको थियो ।
सडक खराब हुँदा धेरै मानिस हवाई यात्रा गर्न बाध्य छन् । तर हवाइजहाजको टिकट पनि नपाएको र धेरै महँगो भएको गुनासोलाई केही हदसम्म सम्बोधन गर्न नेपाल एअरलाइन्सले विदेशमा उडान गर्दै आएको जहाजमार्फत भैरहवामा एउटा उडान गरेको हो । काठमाण्डौबाट भैरहवाको लागि भाडादर ७ हजार रुपैयाँ रहेको थियो । उज्यालो
October 10, 2024 5:07 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
लुम्बिनी समाज नेपाल कुवेतद्वरा यहि आउदो शुक्रबार १२ तारीख १३ औं बार्षिक उत्सव तथा खुला भलिबल प्रतियोगिता गर्दै।
रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित
निरेम प्रोडक्सन कुवेतको आयोजना तथा मेट्रो मेडिकल सेन्टरको सहकार्यमा मिति ५ जुन २०२६ मा स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ्।
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
Loading...