![](https://nepaldrishti.com/wp-content/uploads/2025/01/IMG_9664.jpeg)
![](https://nepaldrishti.com/wp-content/uploads/2018/06/800x80.gif)
नेपालबाट आज पहिलो पटक बङ्गलादेशमा बिजुली निर्यात हुँदै
![](https://nepaldrishti.com/wp-content/uploads/2024/11/IMG_9337.jpeg)
काठमाण्डौ – नेपालबाट पहिलो पटक आजदेखि बङ्गलादेशमा बिजुली निर्यात हुँदैछ । नेपाल विद्युत प्राधिकरणले आज ४० मेगावाट बिजुली बङ्गलादेशलाई बिक्री गर्ने भएको छ ।
गएको असोज १७ मा भएको त्रिपक्षीय सम्झौताअनुसार नेपालले बङ्गलादेशमा बिजुली पठाउन लागेको हो । सम्झौताअनुसार भारत हुँदै बिजुली बङ्गलादेशमा पठाउन लागिएको विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो ।
बङ्गलादेशलाई बिजुली बेच्ने सुरुवात तीन वटा देशका मन्त्रीले भर्चुअलरुपमा गर्ने तयारी छ । नेपालका उर्जा जलस्रोत तथा सिँचाई मन्त्री दीपक खड्कासहित भारत र बङ्गलादेशका उर्जा मन्त्रीले दिउँसो पौने एक बजे संयुक्त रुपमा स्वीच थिचेर बिजुली निर्यातको उद्घाटन गर्ने विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जानकारी दिनुभयो ।
यस वर्षका लागि शुक्रवार आज एक दिन मात्र बिजुली निर्यात हुनेछ । नेपालले हरेक वर्षको जुन १५ देखि नोभेम्बर १५ तारिखसम्म बङ्गलादेशलाई बिजुली बिक्री गर्ने सम्झौता छ । त्यसअनुसार नेपालले यस वर्ष आज एक दिन बिजुली बेच्नेछ ।
त्यसपछि बिजुली बेच्न अर्को वर्ष जुन १५ तारिख कुर्नुपर्नेछ । सम्झौताअनुसारको अन्तिम दिन आज बिजुली बङ्गलादेशमा पठाएर सुखद् सन्देश दिन खोजिएको प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले बताउनुभएको छ ।
बङ्गलादेशमा विद्युत पठाउन आयोजना नै तोकेर भारतबाट स्वीकृति लिनुपर्छ । २५ मेगावाटको त्रिशूली जलविद्युत् आयोजना र २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली बङ्गलादेशलाई बेच्न भारतले सहमति दिएको प्राधिकरणले जनाएको छ ।
नेपालले डलरमा बिजुली बिक्री गर्न लागेको यो पहिलो पटक हो । यसअघि भारतसँग भारतीय रुपैयाँ (भारु) मा कारोबार हुँदै आएको छ । बङ्गलादेशलाई बिजुली बिक्री गर्दा प्रतिमहिना ३३ करोड रुपैयाँ आम्दानी हुने प्राधिकरणको अनुमान छ । नेपालले विद्युत निर्यात गर्दा प्रतियुनिट ६ दशमलव ४० अमेरिकी सेन्ट प्राप्त गर्नेछ ।
गएको असोज १७ मा भएको सम्झौतामा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ, बङ्गलादेशको तर्फबाट बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डका अध्यक्ष मोहमद रेजुल करिम र भारतको तर्फबाट एनटिपिसी विद्युत् व्यापार निगम (एनभीभीएन) की प्रमुख कार्यकारी अधिकृत रेणु नारङले हस्ताक्षर गर्नुभएको थियो ।
प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर अन्तर्देशीय प्रसारणलाइनमार्फत भारतको मुजफ्फरपुर विन्दुसम्म विद्युत पुर्याउनेछ । ढल्केबरबाट मुजफ्फरपुरसम्मको ह्विलिङ चार्ज अर्थात् प्रसारणलाइनवापतको शुल्क नेपाल विद्युत् प्राधिकरणले र मुजफ्फरपुरबाट बङ्गलादेशसम्मको शुल्क बङ्गलादेशले बेहोर्ने सहमति भएको छ । कति बिजुली निर्यात भयो भनेर यकिन गर्न मुजफ्फरपुरमै मिटर रहनेछ । उज्यालो
November 15, 2024 8:24 am | अर्थ![](https://nepaldrishti.com/wp-content/uploads/2018/06/2075-4-20.gif)
प्रतिकृयाहरू :
समाचारहरु:
![](https://nepaldrishti.com/wp-content/uploads/2025/01/IMG_9664.jpeg)
भर्खरै प्रकाशित
![](https://nepaldrishti.com/wp-content/uploads/2025/01/IMG_9664.jpeg)
कुवेतमा रहेको संखुवासभा समाजद्वारा तीन विद्यालयलाई शैक्षिक सहयोग ,
![](https://nepaldrishti.com/wp-content/uploads/2025/01/IMG_9657.jpeg)
रवि लामिछानेको थुनछेक बहस सकिएन, प्रहरीको जिम्मा लगाइयाे
![](https://nepaldrishti.com/wp-content/uploads/2025/01/IMG_9656.jpeg)
अमेरिकाको क्यालिफोर्नियामा भइरहेको आगलागी थप फैलने चेतावनी
![](https://nepaldrishti.com/wp-content/uploads/2025/01/IMG_9649.jpeg)
दाङमा झण्डै २५ केजी चरेससहित तीन जना पक्राउ
![](https://nepaldrishti.com/wp-content/uploads/2025/01/IMG_9648.jpeg)
अख्तियारका अनुसन्धान अधिकृतलाई नै घुस दिन खोज्ने प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
![](https://nepaldrishti.com/wp-content/uploads/2025/01/IMG_9644.jpeg)
चीनमा भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या ९५ जना पुग्यो
![](https://nepaldrishti.com/wp-content/uploads/2025/01/IMG_9639.jpeg)
प्रेम र पर्वको फ्युजन् ‘निरेम सांगीतिक उत्सव’ फ्रेब्रुअरी २१ मा
![](https://nepaldrishti.com/wp-content/uploads/2025/01/IMG_9636.jpeg)
खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा पर्वतमा वृद्धाकाे ज्यान गयाे
![](https://nepaldrishti.com/wp-content/uploads/2018/06/35922360_10204864298163303_8836465006120796160_n.jpg)
![](https://nepaldrishti.com/wp-content/uploads/2018/06/3295F428-ACC5-40C8-BC5A-95A66A719A8B.jpeg)