अमेरिकामा ‘टिकटक’ बन्द गर्ने सम्भावना बढ्दै गर्दा अर्को चिनियाँ एप ‘रेडनोट’ डाउनलोड गर्ने क्रम बढ्याे
अमेरिकामा टिकटक बन्द गर्ने सम्भावना बढ्दै गर्दा अर्को चिनियाँ एप रेडनोट डाउनलोड गर्ने क्रम बढेको छ । केही समयदेखि अमेरिकामा रेडनोटको डाउनलोड बढ्दै गएकोमा हिजो अर्थात् मङ्गलवार एपल स्टोरमा रेडनोट सबैभन्दा धेरै डाउनलोड हुने एप बनेको बीबीसीले जनाएको छ ।
सोमवार र मङ्गलवार मात्रै अमेरिकाबाट सात लाख नयाँ प्रयोगकर्ता जोडिएका रोडनोटलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । मङ्गलवार रेडनोटभित्र ‘टिकटक रेफ्युजी’ शीर्षकमा झन्डै ६३ हजार पोस्ट भएका छन् । सोमवार ५० हजार वटाभन्दा धेरै यस्ता पोस्ट भएका थिए ।
अमेरिकामा टिकटक प्रतिबन्धको तयारी हुँदै गर्दा टिकटक शरणार्थी भन्ने समूहको चर्चा बढेको छ । सियाओहङ्शु नामको चिनियाँ एप अङ्ग्रेजीमा रेडनोटको नामबाट डाउनलोड भइरहेको छ ।
सन् २०१३ मा स्थापना भएको यो एप चीनको ठूलो सामाजिक सञ्जाल प्लेटफर्ममध्ये एक हो । चीनको इन्स्टाग्राम भनिने यो एपका ३० करोड मासिक प्रयोगकर्ता छन् । यो एप टिकटक र इन्स्टाग्रामको संयोजनजस्तो देखिन्छ । यसमा प्रयोगकर्ताहरूले आफ्ना जीवनशैली, फेसन, सौन्दर्य, खाना र यात्राका अनुभवहरू शेयर गर्छन् ।
यसअघि जापान, दक्षिण कोरिया, थाइल्यान्ड, मलेसिया, सिङ्गापुर, भियतनामलगायतका देशमा लोकप्रिय रहेको यो एप अहिले अमेरिकामा पनि लोकप्रिय बन्दै गएको छ । इन्डोनेसियाले अनधिकृत विद्युतीय व्यापारको कारण देखाएर यो एपमाथि कडा नियमन गरेको छ भने भारतले दुई वर्षअघि राष्ट्रिय सुरक्षाको कारण देखाउँदै धेरै चिनियाँ एपहरूमाथि प्रतिबन्ध लगाउँदा रेडनोट पनि परेको छ । उज्यालो
January 15, 2025 9:26 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन