अर्जुन ट्रफी क्रिकेट : बैतडीले काठमाण्डाैलाई हरायाे
काठमाण्डाै – अर्जुन ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा दशरथ चन्द एकेडेमी बैतडीले पहिलो जीत हात पारेको छ । बैतडीले क्रिकेट एक्सेलेन्स सेन्टर काठमाण्डौलाई १६ रनले हरायो ।
बैतडीले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको काठमाण्डौ १९ ओभर ४ बलमा १ सय ४४ रनमा अलआउट भयो । काठमाण्डौका राज शाहले नटआउट ३७, दीपेन्द्र रावतले ३२ रन बनाए । बैतडीका सलाहुद्दीन खानले ५, दिवान पुनले ३ विकेट लिए ।
यसअघि धनगढीको फाप्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको बैतडीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६० रन बनायो । बैतडीका दिवान पुनले ४३, वसन्त खत्रीले ३२, अमर रौटेलाले नटआउट २९ रन बनाए । काठमाण्डौका दीपेन्द्र रावत र सूर्य तामाङले २/२ विकेट लिए । यो जीतसँगै बैतडी ३ खेलमा २ अङ्कसहित समूह ‘बी’ को तेस्रो स्थानमा छ । काठमाण्डौ उति नै खेलमा २ अङ्कसहित पुछारमा छ । भोलि लिग चरणको अन्तिम खेलपछि समूह ‘बी’ बाट सेमिफाइनल पुग्ने टोलीको टुङ्गो लाग्नेछ ।
प्रतियोगितामा अहिले समूह ‘ए’ का फ्रेन्ड्स युथ क्लब डडेल्धुरा र घोडाघोडी–११ सुख्खड खेलिरहेका छन् । समूह ‘ए’ बाट डडेल्धुरा र डीसीए धनगढी सेमिफाइनलमा पुगिसकेका छन् । अर्जुन ट्रफी क्रिकेटमा देशभरका ८ वटा क्लब सहभागी छन् ।
प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिता आउँदो सोमवार माघ २८ गतेसम्म चल्नेछ । उज्यालो
February 6, 2025 3:17 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन