नेपाल तामाङ घेदुङ कुवेतद्वारा मृगौला पिडितलाई १ लाख ९० हजार रुपैयाँ आर्थिक सहयोग ।
युग लामा / कुवेत – नेपाल तामाङ घेदुङ कुवेतले चितवन रत्न नगर ७ का मृगौला पिडीत सिंह लामा तामाङलाई नेपाल तामाङ घेदुङ कुवेतद्वारा आयोजित मञ्जुश्री संवत २८६१ डुल ल्हो सा पुख्री सर्प वर्ग सोनाम ल्होछार तथा बृहत सांस्कृतिक कार्यक्रम्मा उपस्थित दर्शक हरुबाट आर्थिक सहयोग प्राप्त भएको हो । उक्त कार्यको पहल गायक तथा समाजसेवी डीबी लोप्चनले गरेका थिए । घेदुङ कुवेतको उक्त कार्यक्रम र केही घेदुङ कुवेतका पदाधिकारिहरुबाट थपेर सहयोग संकलन गरी १ लाख ९० हजार १२ रुपैयाँ आर्थिक सहयोग गरेको हो।
सिंह लामाको आर्थिक अवस्था धेरै नाजुक रहेको रत्न नगर ७ का वडा सदस्य मार्फत मार्फत परदेशी हामीलाई जानकारी प्राप्त भएको छ।
उक्त आर्थिक सहयोग सिंह तामांगलाई वडा सदस्यहरु सुर्यलाल तामाङ र कुल प्रसाद आचार्य र टोल सुधार समितिका अध्यक्ष सोम बहादुर लोप्चनको रोहबरमा उक्त रकम हस्तान्तरण गरिएको हो।
नेपाल तामाङ घेदुङ कुवेतका सदस्य, गायक तथा समाजसेवी डीबी लोप्चनले सहयोग गर्नु हुने सम्पूर्ण सहयोगी र सहयोग संकलनमा योगदान दिनुहुने सम्पूर्ण महानुभावहरुलाई मुरी मुरी धन्यवाद ज्ञापन गरेका छन् ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला