सुदूरपश्चिमेली नेपाली समाज कुवेतको सातौं वार्षिकोत्सव तथा श्रमिक जनचेतनामूलक कार्यक्रम सम्पन्न
– जे.एन. थारु, कुवेत
कुवेत, फेब्रुअरी २८ – सुदूरपश्चिमेली नेपाली समाज कुवेतले आफ्नो सातौं वार्षिकोत्सव तथा श्रमिक जनचेतनामूलक कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। फर्वानिया स्थित नौसाद रेस्टुरेन्ट सभा हलमा आयोजित कार्यक्रममा कुवेतस्थित नेपाली समुदायको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रम दिउँसो १:३० बजे पानसमा दीप प्रज्वलन गर्दै औपचारिक रूपमा शुभारम्भ गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकारका कूटनीतिक नियोगका प्रमुख महामहिम घनश्याम लम्साल थिए भने, एनआरएनए कुवेतका अध्यक्ष रणध्वज लामा, पत्रकार महासंघ कुवेतका अध्यक्ष एकराज मल्ल, विभिन्न राजनीतिक दलका भातृ संगठनका प्रमुख, सामाजिक संस्थाका प्रतिनिधिहरू, समाजसेवी तथा नेपाली श्रमिकहरूको बाक्लो उपस्थिति रहेको थियो।
वार्षिकोत्सवकै अवसरमा विभिन्न सांस्कृतिक तथा जनचेतनामूलक कार्यक्रमहरू प्रस्तुत गरिएका थिए। नेपाली श्रमिकहरूले कुवेतमा भोगिरहेका समस्याहरूका विषयमा छलफल गर्दै रोजगारका अवसर र सरकारी नीतिहरूको प्रभावबारे आफ्ना विचार व्यक्त गरे।
नेपाली दूतावास प्रति श्रमिकहरुका प्रश्नहरू राख्दै समस्याको समाधानको अपेक्षा व्यक्त गरेका थिए। कार्यक्रममा नेपालबाट वैदेशिक रोजगारीका लागि कुवेत पुगेका नेपाली श्रमिकहरूलाई आवश्यक जानकारी दिने उद्देश्यले श्रमिक जनचेतनामूलक गतिविधिहरू प्रस्तुत गरियो।
सुदूरपश्चिमेली नेपाली समाज कुवेतले नेपाल र कुवेतबीच सांस्कृतिक एकता, सहयोग, तथा सुदूरपश्चिमेली पहिचान प्रवर्द्धन गर्दै आएको छ। यसै अवसरमा राजदूत महामहिम घनश्याम लम्सालले सबै संघ-संस्था एकजुट भई सामाजिक विकृति तथा विसंगति विरुद्ध एकताबद्ध भएर लाग्नुपर्ने आग्रह गरे।
राजनीतिक दलका भातृ संगठनहरूले केन्द्रीय तहमा नीति निर्माण गर्दा प्रवासी श्रमिकहरूको पक्षमा पहल गर्नुपर्ने माग समेत राखे ।हाल नेपाली श्रमिकहरूका लागि कुवेत रोजगारीको प्रमुख गन्तव्य बन्दै गएको छ। तर, देशका नियम-कानुनबारे अपर्याप्त जानकारी, दलालहरूको प्रलोभनमा परिनु तथा श्रमिक सचेतनाको अभावका कारण धेरै नेपाली विभिन्न समस्यामा पर्ने गरेका छन्।
यस समस्यालाई न्यूनीकरण गर्नका लागि समाजले श्रमिकहरूलाई सचेत गराउने अभियान निरन्तर सञ्चालन गरिरहने प्रतिबद्धता जनाएको छ। अध्यक्ष गगनसिंह विष्टले समाजले आगामी दिनहरूमा सामाजिक सञ्जाल तथा प्रत्यक्ष रूपमा श्रमिकहरूलाई आवश्यक सूचना तथा सहायता पुर्याउने वाचा गर्दै कार्यक्रम समापन गरेका थिए।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन