Tuesday 18th August 2026

तमू समाज कुवेतद्धारा ‘९ औं बृहत रक्तदान कार्यक्रम’ मे २३ तारिख गर्ने

1 year अगाडी

कुवेत सिटी – “रक्तदान जीवन दान” भन्ने नारा सहित तमू समाज कुवेतद्धारा ९ औं बृहत रक्तदान कार्यक्रम आगामी मे २३ तारिख २०२५ मा जाब्रियाको सेन्ट्रल ब्लड बैंकमा आयोजना गरिने समाजका अध्यक्ष रन्जाना गुरुङले जानकारी दिएको छन।

तमू समाज कुवेतले विगत २०१३ सालदेखी कुवेत नगरीमा वार्षिक सामुहिक खुल्ला रक्तदान कार्यक्रम संचालन गर्दै आएको छ। तमू समाज कुवेतले यो ९औं पटक बृहत रक्तदान कार्यक्रम संचालन गर्न लागेको हो।समाजले उपचारमा रगत आवश्यकता परेका धेरै बिरामीलाई कुबेतमा रगत उपलब्ध गराउदै आएको छ।

रगत बिनाको जीवनको कल्पना पनि गर्न सकिँदैन । स्व–इच्छाले रगत दान गर्नुलाई नै रक्तदान भनिन्छ । आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान नै हो। यस विशेष अवसरमा आयोजना हुने पवित्र कार्य (रक्तदान कार्यक्रम) मा स्वतः स्फूर्त सहभागिताका लागि कुवेतमा क्रियाशील नेपाली संघ सस्थाका प्रतिनिधि, समाजसेवी, पत्रकार, कलाकार,खेलाडी लगायत कुवेतमा कार्यरत सम्पूर्ण नेपालीहरु लाई तमू समाज कुवेतले अनुरोध गरेको छ।

रक्तदान कार्यक्रमको मिति,समय र स्थान निम्न रहेको छ ।
मिति : शुक्रबार, २३ मे २०२५
समय : दिनको ठिक १:०० बजे
स्थान : सैन्ट्रल ब्लड बैंक जाब्रिया कुवेत

          March 9, 2025 9:10 pm | स्वास्थ्य


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...