प्रेममा दरार’ आएपछी कुवेतमा एक महिलाको हत्या
कुवेतमा एक महिलाको हत्या भएको छ । शुक्रवार बिहान कुवेतको मंगाफस्थित एक आवासिय भवनमा नेपाली महिलाको हत्या भएको हो । प्रारम्भिक जानकारी अनुशार ५ महिनाअघि कुवेत आएका भोजपुर स्थायी घर भएको सुनिल राईले अर्को नेपाली महिला रोजिना राईको हत्या गरेका हुन् । सुनिलले धारिलो चक्कु र पेचकस प्रहार गरि रोजिनाको हत्या गरेको बुझिएको छ । हत्यामा संग्लन अन्य दुई साथी सहित निजलाई कुवेत प्रहरीले गिरफ्तार गरिसकेको छ ।
यस्तो छ घटनाक्रम –
सुनिल राई ( हत्या अभियुक्त ) र मंगाफ ए ( परिवर्तित नाम ) बिगत ६ बर्षदेखी प्रेम सम्बन्धमा थिए । ‘मंगाफ ए’ ( सुनिलको गर्ल फ्रेण्ड ) कै जोडबल र सहयोगमा पाँच महिनाअघि सुनिल कुवेत आएका थिए । सुनिल डेलिभरी कम्पनी तलाबातमा काम गर्थे भने ‘मंगाफ ए’ अर्को कम्पनीमा । प्रेमी प्रेमीका एउटै देशमा स्वरोजगार भएपछी संम्भवत उनीहरु खुशी नै थिए । समय समयमा भेटघाट र प्रेम साटासाट गर्न पाईने भएपछी उनीहरुको प्रेम सम्बन्ध लयमै चल्दै थियो । समय हो समय सधै एउटै वृतमा चल्दैन । समयक्रममा सुनिल र उनको भेटघाट पातलिन थाल्यो । उनले सुनिलाई पर्याप्त समय नदिने र बाहिर ब्यस्त हुन थालेपछी उनीहरुबिच खटपट सुरु हुनु थाल्यो । रोजिना राई ( मृतक ) को साथ संगतले गर्दा आफ्नो गर्ल फ्रेण्ड आफूदेखी टाढिएको रिसमा थिए उनी ।
प्राप्त जानकारी अनुशार ‘मंगाफ ए’ रोजिनाको कोठामा जाने र संगती ( ईशाइ धर्मालवम्बीहरुको प्रार्थना सहितको अन्य साप्ताहिक / दैनिक सभा ) लगायत अन्य कुरामा व्यस्त हुनथालेपछी खटपट सुरु भएको बुझिएको छ । बिहिबार साँझ पनि सुनिलको प्रेमिका मंगाफस्थित रोजिनको कोठामा थिईन । उनले सुनिललाई फेसबुक म्यासेन्जरमा ब्लक गरेकि थिईन् । आफ्नो गर्लफ्रेण्डले ब्लक गरेर दुरी बढाएपछी सुनिलको मनमा चिसो पस्यो । आफ्नो गर्लफ्रेण्ड मंगाफस्थित रोजिनाको कोठामा गएको निश्चित गरेपछी हत्या गर्ने मनसायले नै फाहिलस्थित आफ्नो कोठाबाट चक्कु र पेचकस लिई अन्य दुई साथीलाई साथ लिएर उनी मंगफमा रोजिनको कोठामा पुगे । कोठामा घण्टी बजाउँदा ढोका नखोलेपछी मादक पदार्थ सेवन गरेका सुनिलले ढोकामा लात्ताले हान्ने लगायतको अराजक गतिबिधि गरेर दायाँबायाँ बस्नेलाई पनि डिस्टव गर्न थाले । अति भएपछी रोजिना( मृतक ) ले ढोका खोलिन् । रोजिना र सुनिलको वादविवाद उग्र भएपछी आफ्नो गर्ल फ्रेण्ड ‘मंगाफ ए’ लाई ‘टार्गेट’ गरेर त्यहाँ पुगेका उनले रोजिनामाथी नै चक्कु र पेचकस प्रहार गरे । सुनिलको प्रहारबाट रोजिनको मृत्यु भएको हो । स्रोतहरुका अनुशार कुवेत प्रहरीको नियन्त्रणमा रहेका सुनिलले प्रहरीसँगको प्रारम्भिक बयानकाक्रमा हत्या गरेको स्विकारी सकेका छन् । नेपाली दूतावास कुवेतले भने हत्याको विस्तृत जानकारी आईनसकेकाले मृतक र अभियुक्तका बारेमा पुष्टी गर्न नसकिने जनाएको छ ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला