संसदको अवरोध हटाउन गृहमन्त्रीले राजीनामा दिनुपर्ने प्रतिपक्षको अडान
काठमाण्डौ – सभामुख देवराज घिमिरेले संसदको अवरोध हटाउन मुख्य सचेतक र प्रमुख सचेतकसँग छलफल गर्नुभएको छ । आज मुख्यगरी संसदको अवरोध हटाउने र बजेट माथिको छलफलका लागि समय निर्धारण गर्ने उद्देश्यले सभामुखले छलफल गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
प्रमुख प्रतिपक्षी माओवादी केन्द्रसहित विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र छानबिन समेत हुनुपर्ने मुख्य अडान राख्दै आएका छन् । जेठ १५ मा संसदको संयुक्त बैठकमा बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्थालाई ध्यानमा राखेर हिजो अवरोध नगरेको विपक्षी दलहरुले बताएका थिए । माग संवोधन नभए अबको संसद् चल्न नदिने माओवादी केन्द्रसहितका विपक्षी दलले अडान दोहोर्याएका छन् ।
आजको छलफलपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले आफूहरूले माग पूरा नहुँदासम्म सदन चल्न नदिने जानकारी गराएको बताउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले पनि गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति नबन्दासम्म सदन चल्न नदिने धारणा राखेको जानकारी दिनुभयो । तर नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सदनको अवरोधका विषयमा औपचारिक कुराकानी नभएको बताउनुभएको छ । प्रतिनिधि सभाको अर्को बैठक जेठ २० गतेका लागि बोलाइएको छ । उज्यालो
May 30, 2025 3:35 pm | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन