Wednesday 13th May 2026

अमेरिकाले डिपोर्ट गरेका ४८ नेपाली बंगलादेश हुँदै काठमाडौं आउँदै

11 months अगाडी

काठमाडौँ —अमेरिकाको निष्कासनमा परेका ४८ जना नेपाली नागरिक चार्टर उडानबाट आइतबार साँझ आइपुग्ने भएका छन् । अमेरिकी अध्यागमनसम्बन्धी कानुन उल्लंघन गरेको कसुरमा दोषी ठहर भएपछि उनीहरूलाई नेपाल फिर्ता पठाइएको हो ।

अमेरिकाले ओम्नी एयर इन्टरनेसनलको कल-साइन एन ४८६ एएक्सबाट उनीहरूलाई नेपाल पठाएको हो । उक्त विमान भारत हुँदै बंगलादेशबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुँदैछ ।

अमेरिकी अधिकारीहरूसहितको उक्त चार्टर विमान भारतीय र बंगलादेशी नागरिकलाई समेत सम्बन्धित देशको जिम्मा लगाएर काठमाडौं आउन लागेको हो । दोस्रो कार्यकालका लागि डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएर २० जनवरी २०२५ पदभार सम्हालेसँगै अमेरिकाले गैरकानुनी रूपमा बसोबास गर्दै आप्रवासीहरूलाई निष्कासन गर्ने नीति लिएको हो ।

त्यसयता अमेरिकाबाट १४० नेपाली डिपोर्टमा परिसकेका छन् । एक पटक चार्टर विमान र बाँकीलाई नियमित उडानबाट स्वदेश फर्काइएको थियो । यस पटक भने ४८ जनालाई भने एकैपटक चार्टर विमानबाट नेपाल छाड्न लागिएको छ । कान्तिपुर

          June 8, 2025 6:31 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...