इरानमा सत्ता परिवर्तन हुन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको टिप्पणी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा सत्ता परिवर्तन हुन सक्ने टिप्पणी गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमा ‘यदि मौजुदा इरानी सरकारले इरानलाई फेरि महान बनाउन सक्दैन भने शासन परिवर्तन किन नगर्ने’ भनेर लेख्नुभएको छ । तर अमेरिकी सरकारका अरु वरिष्ठ अधिकारीहरूले भने फरक धारणा सार्वजनिक गरेका छन् ।
अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले यो आक्रमण सत्ता परिवर्तनका लागि नभई ईरानको परमाणु कार्यक्रमलाई रोक्न गरिएको बताउनुभएको छ । यसअघि उपराष्ट्रपति जेडी भ्यान्सले पनि अमेरिकाको उद्देश्य सत्ता परिवर्तन नभई ईरानको परमाणु खतरा अन्त्य गर्नु भएको बताउनुभएको थियो ।
इजरायल र इरानबीच लडाइँ कायमै रहेको बेला अमेरिकाले शनिवार राति इरानका फोर्दाे, नतान्ज र एस्फाहन परमाणु केन्द्रमा बम आक्रमण गरेको थियो ।
साउदी अरब, कतार, पाकिस्तानलगायतका इस्लामिक देशहरूले अमेरिकाप्रति कडा प्रतिक्रिया जनाएका छन् । ती देशहरूले अमेरिकाको कारबाहीलाई अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन भन्दै यसले क्षेत्रीय शान्ति र स्थायित्वमा गम्भीर खतरा उत्पन्न गरेको बताएका छन् । उनीहरुले कूटनीतिक संवादमार्फत समस्या समाधान गर्न आग्रह समेत गरेका छन् । उज्यालो
June 23, 2025 10:36 am | विश्व
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन