एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो
काठमाण्डौ – दक्षिण अफ्रिकाले तीन खेलको एकदिवसीय शृङ्खलाको पहिलो खेलमा अस्ट्रेलियालाई हराएको छ । गएराति भएको खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई ९८ रनले हरायो । दक्षिण अफ्रिकाले दिएको दुई सय ९७ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया ४० ओभर पाँच बलमा एक सय ९८ रनमा अलआउट भयो ।
अस्ट्रेलियाका कप्तान मिचेल मार्शले ८८ र बेन द्वारशुइसले ३३ रन बनाए । दक्षिण अफ्रिकाका केशव महाराजले पाँच विकेट लिए । यस्तै नान्द्रे बर्गर र लुङ्गी न्गिडीले समान दुई तथा प्रेनेलन सुब्रायेनले एक विकेट लिए ।
त्यसअघि केर्न्समा टस हारेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले आठ विकेट गुमाएर एक सय ९८ रन बनायो । दक्षिण अफ्रिकाका एडेन मार्करामले ८२ रन बनाए । यस्तै कप्तान टेम्बा बाभुमाले ६५ र म्याथ्यू ब्रेट्जके ५७ रन बनाए । अस्ट्रेलियाले ट्राभिस हेडले चार, बेन द्वारशुस दुई र एडम जाम्पाले एक विकेट लिए । एकदिवसीय शृङ्खलाअन्तर्गत दोश्रो खेल पर्सि शुक्रवार हुनेछ । उज्यालो
August 20, 2025 9:09 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन