समयमै चुनाव गराउन निर्वाचन आयोग तयार
काठमाण्डौ – निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले समयमै चुनाव सम्पन्न गराउन आयोग तयार रहेको बताउनुभएको छ । नवनियुक्त गृह एवम् कानून न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्याललाई स्वागत गर्न आयोजित कार्यक्रममा बोल्दै उहाँले आयोग समयमै चुनाव सम्पन्न गर्न तयार रहेको बताउनुभएको हो ।
शान्ति सुरक्षा विना चुनाव सम्पन्न गर्न नसकिने स्थिति तर्फ सरकारको ध्यानाकर्षण गराउँदै उहाँले सरकारले शान्ति सुरक्षाको प्रत्याभूति गर्न जरुरी रहेको बताउनुभयो । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सरकारले छिट्टै अध्यादेश ल्याईदिएमा कानूनमा रहेका बाधाहरु हटेर मतदाता सङ्कलन लगायत कार्यसम्पादनमा सहज हुने बताउनुभयो ।
यस्तै गृह एवम् कानून, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले सरकारको मुख्य काम नै संसदीय चुनाव गराउनु रहेकोले चुनाव हुनेमा शङ्का नगर्न अनुरोध गर्नुभयो । चुनाव गराउन नसके वर्तमान सरकार असफल हुने भन्दै उहाँले असफलताको धब्बा नबोक्ने बताउनुभयो ।
उहाँले मतदाता नामावलीमा नाम दर्ता गराउने प्रक्रियाका कारण जेन जी समूह नै सहभागी हुन नपाउने पो हो कि भन्ने स्थिति पैदा भएको भन्दै विद्यमान कानूनी बाधा हटाएर उनीहरुलाई सहभागी गराउने बताउनुभयो । यस्तै विदेशमा रहेका नेपालीहरुलाई मतदानमा सहभागी गराउन पनि अध्यादेश आवश्यक रहेको उहाँको भनाइ छ । उज्यालो
September 18, 2025 7:46 pm | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन