साउदी अरबको कालकोठरिबाट सकुशल फर्किन निर्मला तामाङ ।
तेज थापा,
साउदि अरब – विगत ६ बर्षदेखि घर परिवारसँग सम्पर्क बिहिन रहि पारश्रमिक तलब समेत नपाएकी एक पिडित नेपाली चेली साउदी अरबबाट सकुशल नेपाल फर्केकि छन् । गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति अल कासिमको समन्वयकारि भुमिका तथा नेपाली दुताबास रियाद साउदी अरबको पहलमा उनी गत २४ सेप्टेम्बर नेपाल फर्कन सफल भएकि हुन् ।
भरौला गा.बि.स. सुनसरी, नेपाल स्थाई घर भएकी निर्मला तमाङ्ग करिब ६ बर्ष पहिले घरेलुु कामदारको रुपमा काम गर्न साउदी अरबको राजधानी रियाद छिरेकि थिइन् । घरपरिवार सँग सम्पर्क बिहिन भइ एक साउदी नागरिकको घरमा लगातार ५ बर्षसम्म काम गर्दा पनि तलव सेवा सुविधा नपाए पछि उनि भागेर अर्कै साउदीको घरमा काम गर्न थालिन् । करिब ६ महिना अर्को घरमा काम गर्ने सिलसिलामा बल्ल निर्मलालाइ आफ्नो आफन्तसँग सम्पर्क गर्ने अवसर मिल्यो ।
उनका आफन्तले एनआरएनए आरसीसी अल कासिमका उपाध्यक्ष कृष्ण अधिकारीसँग सम्पर्क गरि बिस्तृत समस्या सहित उद्दारको लागी सहयोग मागे पछि हामीले नेपाली राजदूतावास रियादसँग समन्वयकारि भुमिका सुरु गर्यो – एनआरएनए अल कासिमका क्षेत्रीय अध्यक्ष रम्जानदिन मियाँले बताए । एनआरएनए अलकासिम टिमले नेपाली दुताबास रियादका प्रथम सचिब वियज रावतसँग निरन्तर करिब ४ महिनासम्म समन्वय गरे पश्चात् बल्ल निर्मलालाई साउदीको घरबाट निकालि गत ९ सेप्टेम्बर २०१८ का दिन दुताबास सेल्टरमा पठाउन सफल भएका थियौ, क्षेत्रीय अध्यक्ष मियाँले जनाए ।
नेपाली राजदूतावास रियाद सेल्टरमा रहेकी तामाङलाई एनआरएनए क्षेत्रीय समन्वय समिति अल कासिमले हवाई टिकटको समेत व्यवस्था गरिदिए पछि गत २४ सेप्टेम्बर, २०१८ मा उनी सकुशल नेपाल फर्कन सफल भएकि हुन ।
नेपालमा बढ्दो बेरोजगार, घरको कमजोर आर्थिक स्थितिका साथै अन्य घरायसी कारणले गर्दा हाम्रा नेपाली दाजु भाई तथा दिदि बहीनीहरु बाध्यताबस आफ्नो परीवारको खुसीको सपना बोकेर दिनानुदिन विदेशिनु परेको कटु सत्य हो । विदेश पसेका सबै पैसा कमाएर सकुशल स्वदेश फर्कन्छन् भन्ने सुनिश्चितता न सरकार, न सरोकारवाला न त स्वयं कामदार अफै लिएका हुन्छन् । पैसा सजिलो ठाउँमा कहाँ पो हुन्छ र ? विदेश पसि २/४ पैसा कमाइ आफ्नो परीवारको सपना पुरा गर्ने कैयौं सपना चकनाचुर भएका छन् । धेरै नेपालीहरुका लास काठको बाकसमा नेपाल फर्केका छन् भने कैयौं नेपाली चेलिबेटीहरु कालकोठरिबाट बल्लतल्ल ज्यान जोगाइ नेपाल फिर्ता भएका छन् भने कोहि विदेश मै बिलय हुन पुगेका छन् । निर्मला तामाङ एक पात्र मात्रै हुन्, यस्ता सयौं नेपाली चेलिहरु तथा कामदारहरु प्रवासका कालकोठरि तथा दलाल र विचौलियाहरुको चंगुलमा छट्पटी रहेका छन् । कतिसम्म प्रवासमा नेपालीहरुले यस्ता दुरदसा बेहोर्नुपर्ने हो ! नेपाल सरकार, सम्बन्धित निकाय र सरोकारवालाहरुले यस्तो परम्परमा कहिले पुर्ण विराम् लगाउन सफल हुनेहुन् त्यो भविष्यले नै बताउने छ ।
। 
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन