

यस्तो छ विधि र मन्त्र ,बडादशैँको आज दोस्रो दिन, ब्रह्मचारिणीको आराधना गरिँदै

काठमाडौ । बडादशैँको दोस्रो दिन बिहीबार भगवती दुर्गाको दोस्रो स्वरूप ब्रह्मचारिणीको आराधना गरिँदैछ। नवरात्रमा प्रत्येक दिन भगवती दुर्गाका एक–एक स्वरूपको आराधना परम्परा छ। तपस्यामा लीन हुने भएकाले यिनलाई दुर्गाको दोस्रो स्वरूपलाई ब्रह्मचारिणी भनिएको हो।कमलको आसनमा बसेकी ब्रह्मचारिणीको दाहिने हातमा अक्षमाला र बायाँ हातमा कमण्डलु छ। ब्रह्मचारिणी शान्त र मग्न भएर तपमा लीन भइरहेकी हुन्छिन्। कठोर तपस्याका कारण यिनको मुहार तेजयुक्त छ। आरोग्य र शान्ति प्राप्तिका लागि यिनको आराधना गरिन्छ। नवरात्रका समयमा जमरा राखिएका दशैंघर तथा शक्तिपीठमा पुगेर देवीको आराधना गर्ने चलन छ।काठमाडौंको गुह्येश्वरी, संकटा, शोभा भगवती, मैतीदेवी, नक्साल भगवती, सिन्धुपाल्चोकको पाल्चोकभगवती,ललितपुरको बंगलामुखी काभ्रेको पलाञ्चोक भगवती, बाँकेको वागेश्वरी, गोरखाको मनकामनालगायत शक्तिपीठमा भक्तजनको घुइँचो लागेको छ।
उपासना मंत्र : दधाना करपद्माभ्यामक्षमालाकमण्डलू।
देवी प्रसीदतु मयि ब्रह्मचारिण्यनुत्तमा॥
ब्रह्मचारिणी का अर्थ तप की चारिणी यानी तप का आचरण करने वाली. देवी का यह रूप पूर्ण ज्योतिर्मय और अत्यंत भव्य है. मां के दाएं हाथ में जप की माला है और बाएं हाथ में यह कमण्डल धारण किए हैं.
पूजा विधि : देवी ब्रह्मचारिणीको पूजामा सर्वप्रथम माताको फूल, अक्षत, रोली, चंदन, बाट पूजा गर्नुहोस् । तथा उनको दूध, दही, शर्करा, घृत, वा मधु बाट स्नान गराउनुहोस् । देवीको प्रसाद अर्पित गर्नुहोस् । प्रसाद पश्चात आचमन र फेरी पान, सुपारी भेंटी दिनुहोस् । देवीलाई प्रदक्षिणा गर्नुहोस् । कलश देवताका पूजापछि यही प्रकारका नवग्रह, दशदिक्पाल, नगर देवता, ग्राम देवताकोपनि पूजा गर्नुहोस् । देवीको पूजाको समय सबैभन्दा पहिला हातमा एक फूल लिएर प्रार्थना गर्न नभुल्नुहोस् ।
ब्रह्मचारिणी कथा : पूर्वजन्ममा यी देवीले हिमालयको घरमा पुत्री रूपको जन्म लिएको तथ्य छ । नारदजीको उपदेशले भगवान शंकर पति रूपमा प्राप्त गर्न घोर तपस्या उनै माताले गर्नुभएको थियो । त्यही कठिन तपस्याका कारण तपश्चारिणी अर्थात् ब्रह्मचारिणी नामले पुकार्न थालियो । एक हजार वर्ष सम्म उहालेँ केवल फल–फूल मात्र खाएर बिताउनुभएको थियो । सय बर्ष सम्म केवल जमीनमा रहेर शाकमा निर्वाह गर्नुभएको थियो । केही समयको अति कठिन उपवास राखेर खुल्ला आकाशको तल वर्षा र घाम सँहदै घोर कष्ट सहेर । तीन हजार वर्ष सम्म टूटेका बिल्व पत्र खाएर भगवान शंकर कै आराधना मा रहनुभएको थियो । केही समयपछि सुकेको बिल्व पत्र खानापनि छोडिदिनुभयो । कयौँ हजार वर्षसम्म निर्जल र निराहार रहेर तपस्या गर्नुभयो । पत्ता पनि खाना छोेपछि उहाँको नाम अपर्णा हुन गयो ।
कठिन तपस्याका कारण देवीको शरीर एकदम क्षीण भयो । देवता, ऋषि, सिद्धगण, मुनि सबैले ब्रह्मचारिणीको तपस्याको अभूतपूर्व पुण्य कृत्य बताए, सराहनाले भन्न थाले हे देवी आजसम्म कसंैले यो तरिकाको कठोर तपस्या बस्न सकेको थिए । यो तपाईबाट सम्भव भयो । आफ्नो मनोकामना परिपूर्ण होला र भगवान चंद्रमौलि शिवजी तपाईले पति रूपमा प्राप्त गर्नुहोला । अब तपस्या छोडेर घर जानुहोस् । तत्काल तपाईको पिता लिन आउनुहुनेछ । माताको कथा सार यो हो की जीवनको कठिन संघर्षमापनि मन विचलित हुनुभएन । मां ब्रह्मचारिणी देवीको कृपाले सर्व सिद्धि प्राप्त हुनेछ । कथा सुनेपछि सेयर गरिदिनुहोला ।
October 11, 2018 12:50 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

सरोकारवाला पक्षसँग निरन्तर सम्पर्कमा रहेका छाैँ : मानव अधिकार आयोग

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

