अहिलेकै गतिमा काम हुँदा अबको ६ महिनामा नेपालमा रेल गुड्ने !
काठमाडौं । भारतको जयनगरदेखि जनकपुर हँुदै बर्दिबास जोड्ने रेलको लिक बिछ्याउने काम अन्तिम चरणमा पुगेको छ । आउँदो पुससम्ममा जनकपुरसम्म रेल ल्याउने योजनाका साथ निर्माणलाई तीब्रता दिइएको हो । अहिलेकै गतिमा काम भयो भने अवको ६ महिनामा नेपालमा रेल कुद्ने छ ।

भारत सरकारको सहयोगमा भारतको जयनगरबाट महोत्तरीको बर्दीवाससम्म तीन चरणमा झन्डै ७० किलोमिटर ‘ब्रोडगेज’ रेलमार्ग निर्माण भइरहेको छ । जनकपुर रेल्वे विस्तार तथा स्तरोन्नती परियोजनाअन्तर्गत पहिलो चरणमा जयनगर–कुर्था (३४ किलोमिटर), दोस्रो चरणमा कुर्था–भंगहा (१८ किलोमिटर) र तेस्रो चरणमा भंगहा–बर्दीवास (१७ किलोमिटर) खण्डमा काम भइरहेको हो । तेस्रो खण्ड भंगहा–बर्दिबासमा भने मु–आब्जा विवादका कारण सोचेअनुसार काम भएको छैन ।

अहिले जयनगरदेखि नेपालको खजुरा हुँदै जनकपुरसम्म ‘लिक’ बिच्छ्याउने काम धमाधम भइरहेको छ । रेलमार्ग निर्माणको स्थलगत अबलोकनका लागि दुई नम्बर प्रदेश पुगेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ सन् २०१८ भित्रै नेपालमा रेल गुड्ने दावी गर्छन् ।
भारत सरकारले त्यहाँको नायक इन्फ्रास्ट्रक्चर कम्पनी आसामसँग गरेको सम्झौताअनुसार जनकपुरदेखि विजुलपुरासम्मको रेलसेवा सन् २०१६ को ‘मे’ सम्ममा सकिनु पथ्र्यो । तर, आन्तरिक तथा बाह्य कारणले झण्डै अढाई वर्ष ढिलो रेल सेवा सञ्चालन हुने देखिएको छ । पहिलो खण्डमा रेलको स्टेशन भवन, कर्मचारी आवास, प्लेटफर्म, लिकको काम लगभग सकिएको छ । जयनगरदेखि कुर्थासम्ममा झण्डै ३५ किलोमिटर तत्काल रेल सञ्चालनमा आउने रेल बिभागको दावी छ ।
पहिलो चरणको पूर्वाधार लगभग पूरा भएपनि रेलका इन्जिन र डिब्बा कसले, कुन प्रक्रियाबाट ल्याउने भन्ने निर्णय भएको छैन । रेल विभागले अर्थ मन्त्रालयसँग रेल र डिब्बाका लागि तीन अर्ब रुपैयाँ लाग्ने जानकारी गराइसकेको छ ।
तर, अर्थ मन्त्रालयले ‘लिक’ तयार भएपछि मात्र बजेट दिन सकिने बताउँदै आएको छ । विभागले उक्त ‘रुट’मा रेल गुडाउन विदेशका अनुभवी कम्पनीलाई सञ्चालन, व्यवस्थापन र सीप हस्तान्तरणमा सहभागी गराउने ‘आउटसोर्सिङ मोडालिटी’ प्रस्ताव गरेको छ । ६ महिनाभित्रै जनकपुर आइपुग्ने भनिएको रेल बर्दिवास कहिलेसम्म आइपुग्ने हो निश्चित छैन ।
June 15, 2018 11:20 pm | टप,राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन