रोनाल्डोमाथि स्पेनमा २ वर्षको जेल सजाय
रियल म्याड्रिडबाट खेल्दै आएका पोर्चुगिज खेलाडी क्रिष्ट्रियानो रोनाल्डोमाथि कर छलीको अभियोगमा २ वर्ष जेल सजाय हुने भएको छ । स्पेनिस अधिकारी र रोनाल्डोबीच दुई वर्ष जेल सजाय र १८ दशमलव ८ मिलियन युरो तिर्ने सहमति भएको खुलासा स्पेनिस पत्रिका इल मुन्डोले शुक्रबार गरेको छ ।
सहमति कार्यान्वयन भएमा रोनाल्डोले जेल जानुपर्ने संभावना कम हुनेछ । स्पेनिस कानून अनुसार कुनै व्यक्तिले २ वर्षभन्दा कम जेल सजाय हुने अपराध गरेको खण्डमा सुध्रने अवसर पाउँछ । तर, पहिलो पटक त्यस्तो अपराध गरेको खण्डमा मात्रै ।
३३ वर्षका रोनाल्डोमाथि १४ दशमलव ७ मिलयन युरो कर छलेको अभियोग छ । यद्यपी, उनका एजेन्टले यो अभियोग अस्विकार गर्दै आएका छन् । रोनाल्डोले आजै स्पेन विरुद्धको खेलमा पोर्चुगलको कप्तानी गर्दैछन् ।
रोनाल्डोको प्रतिनिधित्व गर्ने एजेन्सी गेस्टीफ्युटले यस विषयमा तत्काल कुनै प्रतिक्रिया सार्वजनिक गरेको छैन । त्यस्तै स्पेनिस कर एजेन्सीले पनि प्रतिक्रिया दिन अस्विकार गरेको छ । स्पेनमा पछिल्लो समय स्टार फुटबलरहरु कर छलीको मुद्दामा मुछिएका छन् । यसअघि बार्सिलोनाका लियोनल मेसीमाथि सन् २०१७ मा २१ महिनाको जेल सजाय सुनाइएको थियो । उनले स्पेनिस कानून अनुसार जरिवाना तिरेकाले जेल जानुपरेन । सन् २००५ देखि २०१० सम्म स्पेनले विदेशी खेलाडीहरुलाई करका सवालमा संरक्षण दिदैं आएको थियो । तर, आर्थिक मन्दी बढ्न थालेपछि करमा कडाई हुँदै आएको छ ।
June 16, 2018 8:24 am | खेलकुद,टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।