Friday 12th September 2025

बडादशैको पाँचौ दिन आज स्कन्दमाताको पुजा गरिँदै, यसरी पुजा गरे अलौकिक तेज र कान्तिले सुसम्पन्न

7 years अगाडी

काठमाडौ । नेपालीहरुको महान चाड दशैको आज पाँचौं दिन देशभरको मठमन्दिर र शक्तिपिठहरुमा हिन्दु धर्मावलम्बीको घुइँचो लागेको छ । आज शक्तिस्वरुपा भगवती स्कन्दमाताको विशेष पूजा गरिंदैछ । स्कन्दमाता कमल ओछ्याएर बस्ने भएकाले यी देवीलाई पद्मासना देवी पनि भन्ने गरिन्छ । सूर्यमण्डलकी आधिष्ठात्री देवी भएका कारण स्कन्दमाताको पूजा गर्ने भक्तजन अलौकिक तेज र कान्तिले सुसम्पन्न हुने धार्मिक विश्वास छ ।

आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको दशैँ पूर्णिमासम्म दुर्गा भवानीको पूजा गरेर मनाउने चलन छ । काठमाडौँ उपत्यकाका शक्तिपिठमा विहानैबाट भक्तजनको भीड लागेको छ । गुह्वेश्वरी, दक्षिणकाली, कालिका स्थान, मैतीदेबी, इन्द्रायणी, तलेजु भवानी, विजेश्वरी, शोभा भगवती, नक्साल भगवती, र भद्रकाली, पाथिभरा, पलान्चोक भगवती, छिन्नमस्ता, मनकामना लगायतका शक्तिपीठमा भक्तजनको बाक्लो उपस्थिति छ ।

          October 14, 2018 1:08 pm | टप


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...