स्वास्थ्य संस्थामा शुभकामना आदानप्रदान, उत्कृष्ट कर्मचारीलाई नगदसहित प्रमाणपत्रले सम्मान ।
तेज थापा,
प्युठान – हिन्दु धर्मावलम्बीहरुको महान चाड नेपालीहरुको घर-घरमा नजिकिदै जादा शुभकामना आदानप्रदान क्रम पनि बढ्दो छ । यसै क्रममा प्रदेश नम्बर ५ अन्तर्गत पुरन्ठाटी स्वास्थ्य चौकी बरौला प्युठानले आज एक दशैं बिशेश कार्यक्रम सम्पन्न गरेको छ । कार्यालय प्राङ्गणमा सम्पन्न दशै बिशेश शुभकामना आदानप्रदान कार्यक्रम अलिक पृथक किसिमले सम्पन्न भएको छ । वक्ताहरूको शुभकामना वक्तव्य वाजि, खानपिन एवम् मनोरञ्जनमा मात्रै सिमित नरहि यस स्वास्थ संस्थाले संस्थामा कार्यरत कर्मचारीहरुको कार्यप्रगति अभिलेखिकरणका आधारमा उत्कृष्ट कर्मचारीलाई नगर रुपैया सहित प्रमाणपत्रले सम्मान गरि हौसला थप्ने परम्परा वसालेको छ ।

कार्यालय प्रमुख एवम् जनस्वास्थ्य निरिक्षक बालगोपाल श्रेष्ठले कार्यालय सहयोगी संगिता नेपालीलाई उत्कृष्ट कर्मचारी घोषणा गरि नगद रु ७ हजार र प्रमाणपत्र सहित दोसल्ला ओढाई सम्मान गरेका हुन् । त्यसैगरि व्यवस्थापन समितिका अध्यक्ष हुम बहादुर रास्कोटीद्वारा कार्यालय प्रमुख श्रेष्ठलाई उत्कृष्ट कार्य सम्पादन गरेकोमा प्रमाणपत्र सहित दोसल्ला ओढाइ सम्मान गरिएको थियोे ।
ब्यबस्थापन समितिका अध्यक्ष हुम बहादुर रास्कोटी, समितिका पदाधिकारीहरु, स्वास्थ्य चौकिका कर्मचारिहरु, महिला स्वास्थ्य स्वयंसेविकाहरु लगायत स्थानीय जनसमुदाय विच सम्पन्न कार्यक्रम अ.न.मि. वालिका वलीले संचालन गरेकि थिईन । कार्यक्रममा जनस्वास्थ्य निरिक्षक बालगोपाल श्रेष्ठ,अ. हे. ब. राधा आचार्य, ब्यबस्थापन समितिका उपाध्यक्ष नारायण श्रेष्ठ, ब्यबस्थापन समितिका सदस्य तिलक राम पाण्डे, महिला स्वास्थ्य स्वयसेविका गोबिन्दा जि. सी. अध्यक्ष हुम बहादुर रास्कोटि लगायतका वक्ताहरुले आसन्न विजय दशमीको उपलक्ष्यमा शुभकामना मन्तव्य राखेका थिए । अधिकांश वक्ताहरुले स्वास्थ्य संस्थाको काममा खटिने कर्मचारीहरु र संस्थाको खुलेर तारिफ गर्नुका साथै आगामी दिनमा संस्थालाइ नेपाल कै उत्कृष्ट स्वास्थ्य संस्था बनाउने प्रतिबद्धता समेत जाहेर गरेका थिए ।
स्मरण रहोस् बिगतमा यो संस्था प्युठान कै उत्कृष्ट स्वास्थ्य संस्थाको रुपमा दर्जा पाएको थियोे भने नेपाल कै उत्कृष्ट स्वास्थ्य कर्मिको रुपमा रु. १ लाख नगद र प्रमाणपत्रले सम्मानित बालगोपाल श्रेष्ठ जनस्वास्थ्य निरीक्षक तथा कार्यालय प्रमुखको रुपमा यसै स्वास्थ चौकीमा कार्यरत छन् । संस्थाले २४ सै घण्टा ल्याब सहितका अन्य सेवा सुविधा प्रदान गर्दै आइरहेको जनाउदै कार्यालय प्रमुख श्रेष्ठले नेपाल सरकारले प्रदान गर्ने सुबिधा बाहेक संस्थाका कर्मचारीहरुले सोइच्छाले थप सेवा दिई रहेको बताए । उनलेे भने- संस्थाले सुत्केरी तथा गर्भवती महिलाहरुलाइ प्रोत्साहन स्वरुप विभिन्न सामाग्रीहरु वितरण गर्ने गरेका छौ, साथै उनले थपे- जिल्ला भित्रका विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरु, कार्यालय प्रमुखहरु, स्वास्थ्य संस्था प्रमुखहरु लगायत बि पि यच का बिध्यार्थिहरु समेत समय- समयमा स्वास्थ चौकी अबलोकन भ्रमण गर्ने गरेको जनाए ।












October 15, 2018 8:34 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन