दशैं मनाउन काठमाडौं उपत्यकाबाट २१ लाख यात्रु गन्तव्य तर्फ लागे
7 years अगाडी
Nepal Drishti
काठमाडौं, ३१ असोज । काठमाडौं उपत्यकाबाट दशैं मनाउन २१ लाखभन्दा बढी यात्रु बाहिरिएका छन् । महानगरीय ट्राफिक महाशाखाका अनुसार विगत चार दिनको अवधिमा यति संख्यामा यात्रु बाहिरिएका हुन् ।

स्थलमार्गबाट मात्रै २२ लाख यात्रु बाहिरिएको महाशाखाले अनुमान गरेको हो । टाढाटाढाका यात्रु बाहिरिए पनि काठमाडौँ आसपासका सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, धादिङलगायत जिल्लाका सर्वसाधारण आज पनि काठमाडौंबाट बाहिरिँदै गरेको महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक वसन्त पन्तले जानकारी दिनुभयो ।
दशैंभर काठमाडौँबाट करीब २४ लाख मानिस बाहिरिने ट्राफिक प्रहरीको आकलन छ । काठमाडौंबाट धेरै मानिस बाहिरिएसँगै दुई दिनदेखि काठमाडौँको चहलपहल घटेको छ भने सार्वजनिक यातायातका साधनसमेत कम चल्न थालेका छन् । काठमाडौंका प्रायः सडक र बजार सुनसान छन् ।
October 17, 2018 3:47 pm | टप,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
Loading...