कुवेतमा मनाइयो बडा दशैँ ( फोटो फिचर )
कुवेत – हिन्दुधर्मा लम्बीहरुको महान चाड विजय दशमी संसार भरी मनाई रहँदा कुवेतमा पनी बिभिन्न ठाउँमा छुट्टा छुट्टै तरिकले दशैँ मनाए ।कुवेतमा नेपाली हरुको संख्या बढ्ने क्रम संगै नेपालका सबै खाले चाड हरु मनाउदै आएका छन् ।दशैँमा परम्परागत किसिमले घरमा जमरा राख्ने, दुर्गापूजा गर्ने, आफूभन्दा ठूलाबडाहरुबाट आर्शिवाद लिएर टीका थाप्ने चलन बढ्दै गएको छ ।कसैले घरमै मनाए भने कोही कार्यक्रम स्थलमा गएर टिका जमरा लगाई नाचगान गरी दशैँ मनाए ।

लालीगुराँस सास्कृतिक परिवार र अन्तराष्ट्रिय कलाकार मंचले संयुक्त प्रस्तुतीमा दुर्गा पुजा एवं दशैँ साँस्कृतिक धमाका २०१८ को कार्यक्रम आयोजना गरी खेतान स्थित राजधानी रेष्टुरेन्टको सभा हलमा ठुलो संख्यामा कुवेतवासी नेपालीले दशैँ मनाए ।
शोम रसाइलीको सभापतीत्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी नेपाली राजदुतावास कुवेतका महामहिम राजदुत यज्ञ बहादुर हमालको रहेको थियो भने बिशिष्ट अतिथीमा राजदुत धर्मपत्नी रीता हमालको रहेको थियो ।अतिथीहरुमा पत्रकार महासंघ कुवेत साखाका प्रतिनिधी माधब शाही , पत्रकार नैना कला राई , बिश्व हिन्दु महसंघ कुवेतका अध्यक्ष टिकाराम आचार्य, लोक गायक माधब शर्मा रहेका थिए भने कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु, पत्रकारहरु ,बुद्दिजिबी , समाजसेवी कुवेतबासी नेपालीहरूको बाक्लो उपस्थिति रहेको थियो।

अम्मर खड्काले कार्यक्रम संचालन गरेका थिए भने लालीगुराँस सास्कृतिक परिवारका अध्यक्ष माधब पौडेलले मन्तब्य बाट कार्यक्रममा उपस्थित अतिथीहरु लाई स्वागत गरेका थिए ।
राष्ट्रिय गीत संगै कार्यक्रमको सुरुवात गरियको थियो भने टिकाराम आचार्यले दुर्गा पुजाको मंत्र जब गरी दुर्गा देवीको पुजाआजा गरी कार्यक्रम सभापती ,प्रमुख अतिथी , बिशिस्ट अतिथी , अतिथीहरुले एक आपसमा टिका लगाई दशैँ टिका तथा जमरा लगाउने कार्यक्रमको उद्दाटन गरीयको थियो ।
प्रमुख अतिथी नेपाली राजदुतावास कुवेतका महामहिम राजदुत यज्ञ बहादुर हमाल पत्रकार महासंघ कुवेत साखाका प्रतिनिधी माधब शाही , पत्रकार नैना कला राई , बिश्व हिन्दु महसंघ कुवेतका अध्यक्ष टिकाराम आचार्य, लोक गायक माधब शर्मा लगायतले दशैँ शुभकामना मन्तब्य राखेका थिए । कुवेतवासी नेपालीको नियास्रो पन मेटाउन तथा भाईचाराको सम्बन्ध लाई प्रगाढ राख्न कार्यक्रमले ठुलो भुमिका खेलेको बताउदै बक्ताहरुले आयोजक प्रती आभार प्रकट गरेका थिए । प्रवासमा भए पनी स्वदेसमा जस्तै दशैँ मनाउन पाउँदा उपस्थित हरुले खुशी ब्यक्त गरेका थिए ।


कार्यक्रममा उपस्थितहरु नेपाली परम्परागत पोशाकहरु दौरा सुरुवाल, साडी चोलो लगाएर दशैंलाई अझ रंगीन बनाएका थिए ।पन्चे बाजा लगायत स्थानिय कलाकारहरुको गायन तथा नृत्य प्रतुतीले दशैँ कार्यक्रम लाई थप रौनक थपेको थियो।

संस्थालाई अतुलनीय सहयोग पुर्याउने ब्यक्ति बिसेषलाई प्रमाण पत्र तथा दोसल्लाले सम्मान गरीयको थियो ।


सभापती शोम रसाइलीले कार्यक्रम सफल पार्न सहयोग पुर्याउने सम्पूर्ण सहयोगी हरुलाई धन्यवाद दिँदै कार्यक्रम समापन भयको घोषणा गरेका थिए ।
























October 20, 2018 12:16 am | टप,प्रवास,फोटो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन