यसरी लगाइयाे राष्ट्रपति र प्रधानमन्त्रीकाे हातबाट टीका (तस्बिरमा हेर्नुहाेस्)

बडा दसैंकाे अवसरमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा अाेलीले विभिन्न सरकारी कर्मचारी, पत्रकार तथा सर्वसाधारणलार्इ टीका लगाइदिनु भयाे ।
प्रधानमन्त्री केपी शर्मा ओली शितल निवास पुगी राष्ट्रपतिको हातबाट टीका र जमरा ग्रहण गर्नुभयाे । राष्ट्रपतिले प्रधानमन्त्री ओलीलाई टीका लगाई जमराको माला लगाइदिनुभएको थियो । उहाँसँगै प्रधानमन्त्री पत्नी राधिकाले पनि राष्ट्रपतिबाट टीका र जमरा ग्रहण गर्नुभयो ।
शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले उपराष्ट्रपति नन्द बहादुर पुन, सभामुख कृष्ण बहादुर महरा, उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री डाक्टर युवराज खतिवडा, कानुनमन्त्री भानुभक्त ढकाल, महिला बालबालिका मन्त्री थम माया थापा, सञ्चार मन्त्री गोकुल बास्कोटा लगायत मन्त्रीहरुलार्इ टीका र जमरा लगाइदिनुभएकाे थियाे ।
साथै उहाँले सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका नेता, सांसद, संवैधानिक निकायका प्रमुख, राष्ट्रसेवक कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरीका अधिकृतहरुलारेण पनि टीका लगाइदिनुभएको थियाे ।
विशिष्ट व्यक्तिको टीका पछि राष्ट्रपतिले सर्वसाधरणलाई टीका लगाइदिनुभएको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारी टीका लगाइदिनु हुँदै
राष्ट्रपति विद्यादेवी भण्डारी टीका लगाइदिनु हुँदै
राष्ट्रपति विद्यादेवी भण्डारी टीका लगाइदिनु हुँदै
राष्ट्रपति विद्यादेवी भण्डारी टीका लगाइदिनु हुँदै
राष्ट्रपति विद्यादेवी भण्डारी टीका लगाइदिनु हुँदै
राष्ट्रपति विद्यादेवी भण्डारी टीका लगाइदिनु हुँदै
राष्ट्रपति विद्यादेवी भण्डारी टीका लगाइदिनु हुँदै
राष्ट्रपति विद्यादेवी भण्डारी टीका लगाइदिनु हुँदै
त्यसैगरी बालुवाटारमा रहेकाे प्रधानमन्त्रीको सरकारी निवासमा प्रधानमन्त्री ओलीले सर्वसाधरणलाई टीका र जमरा लगाइदिनुभयाे ।
टीका लगाउनका लागि प्रधानमन्त्री निवासमा सांसद, कार्यकर्ता तथा सर्वसाधरणहरु निकै समय कुर्न बाध्य भएका थिए । केही सर्वसाधरण टीका नलगाई फर्किएका थिए भने कार्यकर्ता र सांसदहरु २ घण्टा पर्खिएर टीका लगाएका थिए । टीका लगाउनका लागि घण्टौ कुर्नुपर्दा पनि कार्यकर्ताहरु भने जनताबाट निर्वाचित प्रधानमन्त्रीको हातबाट टीका लगाउनुपर्ने भन्दै चित्त बुझाएका थिए ।
प्रधानमन्त्रीको सचिवालयले अपरान्ह २ बजेपछि मन्त्री, सांसद, पार्टी नेता तथा निजामति एवं सुरक्षासँग सम्बद्ध उच्च पदस्थ राष्ट्रसेवक–कर्मचारी तथा सुरक्षाकर्मीहरुद्वारा र अपरान्ह ३.३० देखि ५.३० सम्म पार्टी कार्यकर्ता तथा सर्बसाधारणलाई टिका लगाइदिने कार्यतालिका सार्वजनिक गरेको भएपनि २ घण्टा ढिलो गरि प्रधानमन्त्रीबाट टिका लगाईदिने कार्यक्रम सुरु भएको थियो ।
तस्बिर साैजन्य: रासस
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा