भालुबाङमा एक युवकको शब फेला
शन्तोस कुमार गुप्ता
भालुबाङ : देउखुरीको भालुबाङमा आज बिहान फेरि एक युबकको शब फेला परेको छ । पुरानो भालुबाङ बजार स्थीत जय माँ दुर्गा भवानी फर्निचर पछाडी राप्ती नदीको किनारमा रहेको तटबन्धको झुण्डी रहेको अवस्था शब फेला परेको ईलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरीक्षक रबिन्द्रराज पाण्डेले जानकारी दिनुभएको छ ।
ती युवा कहाँ को हो ? र कसरी मृत्यु भएको भन्ने बिषयमा अहिले सम्म कुनै पहिचान हुन नसकेको प्रहरी निरीक्षक पाण्डेले बताउनुभयो । अन्दाजी ३५/४० बर्षका युवकको मृत्यु कारण बारे प्रहरीले अनुसन्धान शुरू गरेको छ ।
ती युवकको शब राप्ती नदीमा बनाईएको तार जालीको तटबन्धमा झुण्डिएको अवस्थामा शब फेला परेको छ तर स्थानीयबासीले भने हिजो राती संयुक्त युवा क्लब भालुबाङले भालुबाङमा आयोजना गरेको दशैँको कोजाग्रत पूर्णिमाको अवसरमा आयोजना गरेको बिबिध सांस्कृतिक कार्यक्रम हेर्न आएको हुन सक्ने र कसैले हत्या नै गरेको हुनुपर्ने बताएका छन् ।
यस अघि पनि भालुबाङको निर्माणधिन बसपार्क नजिक भालु खोलामा एक बृद्धको शब फेला परेको थियो । तर ती बृद्धको शब अहिले सम्म पनि पहिचान हुन सकेको छैन ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।