दुई वर्षको कोशिशपछि गर्भवती भएकी थिइन् महिला, अल्ट्रासाउण्ड गर्दा
एजेन्सी। अमेरिकाको एक दम्पतिलाई आफ्नी एक छोरीकालागि एक साथीको आवश्यकता महशुस भयो। दुई वर्षको कोशिशपछि उनीहरुलाई गर्भवती भएको खुशीको खबर मिल्यो। जब उनीहरुले डाक्टरलाई देखाए तब निकै विरलै हुने घटना सार्वजनिक भयो। डाक्टरका अनुसार ती महिलाले एक जनामात्र होइन चार जना बच्चालाई जन्म दिने भएकी छन्।
यो सुन्ने वित्तिकै त्यो दम्पत्तिको खुशीको सीमा नै रहेन। डाक्टरहरुका अनुसार प्राकृतिक रुमपा गर्भवती हुँदा चारवटा बच्चा हुनु निकै अनौठो हो। सात लाख मध्ये मुश्किलले एक जनामा मात्र यस्तो हुन्छ। अमेरिकाको अरिजोनाकी काइली जेफ्रान्स्की र उनका श्रीमान परिवार बढाउने योजनामा थिए। उनीहरुले आफ्नी छोरीकालागि साथीको आवश्यक भएको महशुश गरे।
त्यसकालागि उनीहरुले तयारी पनि सुरु गरे। दुई वर्षपछि उनीहरुलाई सफलता पनि मिल्यो। काइली गर्भवती भइन्। चेकअप गराउन उनी अस्पताल गइन्। डाक्टरले अल्ट्रासाउण्ड गरेर हेर्दा उनको गर्भमा चार जना बच्चा रहेको देखियो। यो कुरा सुन्ने वित्तिकै काइली मुस्कुराउन थालिन् किनभने उनी पाँच सन्तानकी आमा बन्दै थिइन्। यस्तो देखेर डाक्टर पनि अचम्मा परेका थिए। किनभने उनी प्राकृतिक तरिकाले नै गर्भवती भएकी थिइन्।
अन्तिममा काइलीले चार बच्चालाई जन्म दिइन्। तीमध्ये तीन छोरा र एक छोरी थिइन्। सबैको वजन १.२ देखि १.४ किलोकोबीचमा थियो।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन