Saturday 16th May 2026

पतिले नै अाफ्नी पत्नी तस्करकाे साथमा दिल्लीसम्म पुर्‍याउँछन्

8 years अगाडी

काठमाडौं – साउन दोस्रो साता भारतको नयाँ दिल्ली हुँदै बेचबिखनका लागि लगिँदै गरेको अवस्थामा ३१ नेपाली महिलाको उद्धार गरियो। उनीहरुलाई भारतमा महिला अधिकारका लागि सक्रिय संस्थाले उद्धार गरेर दिल्ली महिला आयोगमा बुझाएको थियो। ती महिलामध्ये विवाहित पनि थिए।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो स्रोतका अनुसार उनीहरुलाई अाफ्नै पतिले नै दिल्लीसम्म पुर्‍याएका थिए। ती कुबेत इजरायल, इराकजस्ता मुलुक पुग्ने उद्देश्यले भारत पुगेका महिला भने आफ्नो उद्दारप्रति असन्तुस्ट थिए। ती महिलामध्ये आठजना नेपाल आउनै मानेनन्।

अध्यागमन विभागले रोकटोक गर्ने सम्भावनालाई ध्यानमा राखी पतिहरु साथै गई दिल्ली पुर्‍याएर फर्किएका थिए। समाजमा पैसा सबैथोक हो भन्ने सोच हावी भएकाले महिला जोखिमयुक्त देशमा काम गर्न मानव तस्करको हातमा पर्न थालेका छन्।

महिला भारत वा अन्य देशको बाटो हुँदै खाडी राष्ट्रमा पुग्ने गरेका छन्। मासिक ३० हजारभन्दा माथि आम्दानी हुने जानकारीकै भरमा महिलाहरु तस्करको हातमा पर्ने गरेको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानले देखाएको छ, याे खबर अाजकाे नागरिक दैनिकमा छ।

          October 26, 2018 11:49 am | टप


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...