१९ वर्षीय श्रीमानको ७२ वर्षीया श्रीमतीको रोमाञ्चक प्रेम कहानी
एजेन्सी, कात्तिक । ‘उमेर त अंक मात्र हो,’ यो भनाई हो ती ७२ वर्षीया वृद्धाको जसको विवाहको प्रसंगले जोकोहीँको होश उडाइदिन्छ ।प्रेमको अगाडि उमेर, जातपात र आकार प्रकारको ख्याल राखिँदैन यो भनाई धेरैको हकमा साबित भैसकेको छ । यो वास्विकता पनि हो । प्रेम भावना हो जसको कुनै सीमा हुँदैन जुनकुनै समय जो कसैलाई पनि यसले समेट्न सक्छ । तर अमेरिकी स्थित टेनेसीस्थित एउटा जोडीको वैवाहिक जीवन भने होश उडाउने छ । वास्तवमा यी जोडीको उमेरमा आकाश पातालको फरक छ जसले जोकोहीँको होश उडाउन सक्छ ।
यो जोडी १९ वर्षीय गेरी हार्डविक र उनकी ७२ वर्षीया श्रीमती अल्मेडा हार्डविकको हो । यी जोडीको उमेरमा ५३ वर्षको फरक छ ।विगत दुई वर्ष अघिदेखि वैवाहिक सम्बन्धमा बाँधिएका यी जोडीका लागि उनीहरुको उमेरको यो व्यापक खाडल कहिल्यै समस्या बनेको छैन तर, उनीहरुको परिवारका अन्य सदस्य भने यसबाट एकदमै असन्तुष्ट छन् । उनीहरुको यो सम्बन्ध शुरु भएयता अल्मेडाको छोरा आमासँग बोल्दैनन् र उनका नातानातिनि पनि यो सम्बन्धलाई लिएर उनीसँग लडाई गरिरहेका छन् ।यी जोडीको पहिलो भेट एउटा स्थानीय पिज्जा रेस्टुरेन्टमा भएको थियो । त्यसको दुई हप्तापछि उनीहरु विवाह बन्धनमा बाँधिएपछि उनीहरुले कहिल्यै पछाडि फर्केर हेरेका छैनन् ।
बारक्रफ्ट टेलिभिजनको शो ‘एक्सट्रिम लभ’ मा कुराकानी गर्दै गेरीले भने उनलाई थाहा थियो त्यो उनको पहिलो देखाईको प्रेम थियो । त्यसैले उनले मनमा केही प्रश्न खेलाएर समय बर्बाद गर्न चाहेनन् ।उनले भने, ‘यदि तपाई उमेरको यो फरकलाई देखेर अचम्मित हुनुहुन्छ भने तपाईलाई म बताउँछु कि अल्मेडा पहिलो वृद्ध महिला हैन जसलाई मैले डेट गरेँ । उनी अघि म ७७ वर्षीया महिलासँग प्रेम सम्बन्धमा थिए तर उनी बढी जिद्दी भएको कारण उनीबाट अलग्गिने मैले फैसला लिए ।’
यी जोडीले प्रेमले नै उनीहरुलाई एकसाथ बनाएर राखेको बताए । साथै उनीहरुले भने यदि उनीहरु यो सबैसँग खुशी छन् भने बाहिरी मान्छेसँग उनीहरुलाई मूल्यांकन गर्ने कुनै अधिकार छैन । १९ वर्षका गेरी आफ्नो यो सम्बन्धबाट यति धेरै खुशी छन् उनी आफ्नी ७२ वर्षीया श्रीमतीलाई आफ्नो ‘सलमेट’ भएको बताउँछन् ।
October 26, 2018 12:33 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन