साउदी अरबमा यसरी सम्पन्न भयो दशै तिहार तथा छट बिशेष कार्यक्रम ।
तेज थापा,
साउदि अरब- बिदेशीनु बाध्यता हो रहर हैन, नेपालीहरु संसारको जुनसुकै कुनामा रहेता पनि आ-आफ्नो संस्कार र संस्कृतिदेखि विमुख हुन सक्तैनन् । स्वदेशमा परिवारसँग सँग चाडपर्वमा रमाउन बन्चित नेपालीहरुले कर्मभूमिमा नै जम्माभइ चाडपर्व बिशेश कार्यक्रम गरि रमाउन विवश हुन्छन् ।
नेपाली श्रमिक दाजुभाइहरुको पिडा र एक्लोपनलाइ केही हद सम्म भए पनि कम गर्ने उदेश्यले गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिती अल कासिमले हिजो दशै तथा तिहाइ बिशेश शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

साउदी अरबको अल कासिम स्थित बुरैदा शहरमा आयोजित “दशै तथा दिपावली २०७५ शुभकामना तथा सांस्कृतिक” कार्यक्रमको सभापतित्वमा क्षेत्रीय अध्यक्ष रम्जान दिन मियाको सभापतित्वमा सम्पन्न भएको हो । कार्यक्रममा नेपाली दूतावास रियाद साउदी अरबका तृतीय सचिब सन्तोष अधिकरी प्रमुख अतिथि तथा एन.सि. सि साउदी अरबका सचिव बिशाल श्रेष्ठ बिशिस्ट अतिथिको रुपमा उपस्थित रहेका थिए । त्यसैगरी नेपाली दूतावास कर्मचारी निजामुदिन,एन सि सि युवा संयोजक राजकुमार श्रेष्ठ,नेपाली प्रवासी समाज हाइलका होम राज बास्तोला तथा ओम नाथ अधिकारी, गन्तब्य नेपालका यादव घिमिरे तथा तुल्सिराम गुरुङ्ग लगायतका व्यक्तित्वहरु अतिथिको रुपमा सहभागी थिए ।

राष्ट्रिय धुन संगै प्रारम्भ भएको कार्यक्रममा एनआरएनए आरसिसि अलकासिमका उपाध्यक्ष कृष्ण अधिकारीले स्वागत तथा शुभकामना मन्तव्य राखेका थिए साथै क्षेत्रीय पदाधिकारी, कार्यक्रमका अतिथि, बिशिस्ट अतिथि तथा प्रमुख अतिथिहरुले दशै,तिहार तथा छठ को शुभकामना मन्तव्य दिदै यस्ता कार्यक्रमहरुले बिदेशी भुमिमा रहेर पनि आफ्नो चाडपर्व मनाउनु र एक अर्कामा शुभकामना आदानप्रदान गर्न पाउनु खुसीको कुरा रहेको बताए । यसैगरी उनिहरुले नेपाली दाजुभाइहरुलाइ एकजुट कार्यक्रमको माध्यमबाट अवसर जुटाएकोमा आर सि सि अल कासिमलाइ धन्यवा प्रकट गरेका थिए ।
कार्यक्रमको बिच-बिचमा महेन्द्र लिम्बु, हुम बहादुर परियार,सन्तोष राई,अशोक सुवेदी, रहुल,रमन अर्याल स्थानिय कलाकारहरुले आ-आफ्नो कला प्रस्तुति दिदै गित, नृत्य तथा कविता सुनाएका थिए ।

नेपाली जनसमुदायहरुको उल्लेख उपस्थिति रहेको कार्यक्रमलाई अलकासिम क्षेत्रीय भुतपुर्व अध्यक्ष तथा बर्तमान सल्लाहकार मनिष कोईरालाले संचालन गरेका थिए भने दशै तिहारलाई सम्झना गराउदै सेल रोटी लगायतको नेपाली परिकार समेत ग्रहण गराइएको क्षेत्रीय अध्यक्ष रम्जान दिन मियाले बताए ।

अन्त्यमा आर सि सि अलकासिमका अध्यक्ष तथा कार्यक्रमका सभापति रम्जानदिन मियाले कार्यक्रम निकै रोमान्चित भइ सफल भएकोमा खुशी व्यक्त गर्दै आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरु गर्ने प्रतिबद्धता जनाएका थिए । साथै कार्यक्रमलाई सफलताको साथ सम्पन्न गर्न साथ दिनुहुने सम्पुर्ण सल्लाहकार परिसद, समितीका सहकर्मी पदाधिकारी, नेपाली राजदुतावास परिवार, सम्पुर्ण अतिथि गण, कलाकार, कार्यक्रम संचालक, पत्रकार र उपस्थित सम्पुर्ण नेपाली दाजुभाइहरुलाइ धन्यवाद दिदै कार्यक्रम समापन गरेका थिए ।
श्रोत : रम्जान दिन मिया
October 27, 2018 8:15 am | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन
रास्वपाका वरिष्ठ नेता बालेन शाहको घरको गेटमा तोडफोड
चुनावी प्रयोजनका लागि अर्थ मन्त्रालयबाट १९ अर्ब १५ करोड बराबरको स्रोत सहमति
चुनाव र शान्ति सुरक्षामा असर पर्ने अभिव्यक्ति नदिन मानव अधिकार आयोगको आग्रह
तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम २७ मार्च २०२६ मा हुने ।
चुनावमा खटिने कर्मचारीका लागि २० लाख रुपैयाँको दुर्घटना बीमा
सुदूरपश्चिमेली नेपाली समाज कुवेतको अध्यक्षतामा महेश कुमार चयन