Tuesday 30th April 2024

खरबुजाको बोक्रापनि यति धेरै लाभदायिक

6 years अगाडी

काठमाडौं । खरबुजाको बाहिरी भाग हरियो भएपनि यसको भित्री भाग भने रातो हुन्छ । पाकेको खरबुजा हामी सबैलाई मनपर्नु स्वभाविक हो । खरबुजाको बाहिरी भाग हरियो भएता पनि यसको भित्रको गुदी रातो तथा मनमोहक मीठो भएकोले नै होला हामीमध्ये सबैलाई यही रातो भाग मनपर्छ । अझै गर्मी मौसममा यो फलले तिर्खा समेत मेटाउने र शरीरमा पानीको आपुर्ती गर्ने भएकोले गर्मी हावापानीमा बस्नेहरुकाबीच खरबुजा अति लोकप्रिय छ ।

तर खरबुजाको भित्रीभाग जस्तै यसको बोक्रामा पनि रोग संग लड्न सक्ने गुण तथा स्वस्थकर पोषणहरु लुकेको हुन्छ ।रसिलो तथा स्वादिलो खरबुजा हामी खाने गर्छौ तर यसको बाहिरी परत अर्थात बोक्रालाई फोहर भनेर फाल्ने गर्छौं । तर, खरबुजाको बोक्रामा पाइने स्वस्थकर गुणहरुका बारेमा जानकारी नभएकाले हामी मध्ये प्राय सबै जनाले यसको बोक्रालाई कसिंगर संझेर मिल्काएका हौं ।

खरबुजाको बोक्रामा लुकेको गुण::

खरबुजाको यो बाहिरीपरत (बोक्रा) मा भिटामीन बी र सी लुकेको हुन्छ । अनि यी पोषणहरु हाम्रो शरीरमा पुग्नुको सट्टा फोहरको डङ्गुरमा थुप्रिन पुग्छ ।बैज्ञानिकहरुको अध्ययन अनुसार, खरबुजाको बोक्रामा यी भिटामीनहरुका साथै यसमा एक प्रकारको अमिनो एसिड नाम गरेको पोषण पाइन्छ जुन अति स्वस्थकर हुन्छ । यो एसिडलाई सिट्रुलिना पनि भनिन्छ ।

यो सिट्रुलिना मानव शरीरमा प्रबेश गरेपछि आरजिनीना भन्ने पोषण तत्वमा परिणत हुन्छ जुन मुटु तथा रगत संचालनका लागि अति फाइदाजनक र आवश्यक हुन्छ ।यसका साथै यसको सेवन गर्नाले पेटजन्य समस्याहरु ग्यास्ट्रीक, अल्सर लगायतमा धेरै फाइदा मिल्छ । गर्मीका कारण टाउको दुख्ने समस्याबाट छुटकारा पाउन यो बोक्रा सेवन गरेमा केही क्षणमै आराम प्राप्त हुन्छ ।

बोक्रा प्रयोग गर्ने बिधि : खरबुजाको बोक्रलाई सफासँग पखाल्नुहोस् । यसलाई मसिनो पारेर काटनुहोस् । अव यसलाई ग्राइन्डरमा पिन्नुहोस् र झोललाई आफुलाई मनपर्ने पेयपदार्थमा मिसाउनुहोस् । अनि यो फलले दिने संपुर्ण पोषण अव तपाईले प्राप्त गर्नुहुन्छ ।

          June 16, 2018 12:18 pm | स्वास्थ्य


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...