आमाको चुम्बनले यसरी लियो ८ दिनकी नवजात छोरीको ज्यान
आमाको चुम्बनले बच्चाको मृत्यु भएको छ । घट्ना अमेरिकाको हो । एक महिलाकी ८ दिनकी नवजात छोरीको आमाको चुम्बनका कारण मृत्यु भएपछि हंगामा भएको हो । अहिले ती आमाले यो भयानक घटनाको बारेमा जानकारी दिँदै अन्य आमाबाबुलाई सचेत गराउँदैछिन् । नवजात शिशु कतिसम्म संवेदनशील हुछन् भन्ने कुराको यो बलियो उदाहरण हो । १९ वर्षकी एबिगेल रोज नामकी ती आमाले ८ दिन पहिले एक स्वस्थ छोरी जन्माएकी थिइन् । तर अचानक छोरीको स्वास्थ्य बिग्रिएपछि उनको मृत्यु भयो ।
छोरीको मृत्युपछि टाक्टरले जे खुलासा गर्छन् त्यसले पूरै परिवारको होस उडाउँछ । बालिकाको मृत्यु एचएसभी १ नामक भाइरसका कारण भएको थियो । डाक्टरका अनुसार यो भाइरस उनको शरीरमा त्यतिबेला गएको थियो जब कुनै संक्रमित व्यक्तिले उनलाई छोएको वा चुमेको थियो । यो भाइरस शरीरमा गएर मेरुदण्डको हड्डीमा टाँसिन्छ । यसले फोक्सो र दिमागनजिकै एक तरल पदार्थ बनाउँछ । विस्तारै यसले भित्री अंग खान थाल्छ जसबाट बच्चा ब्रेन डेड हुन्छ ।
छोरीको मृत्युले उनकी आमालाई गहिरो धक्का लाग्छ । यसका बावजुद उनले यो भाइरसप्रति मानिसहरुलाई जागरुक बनाउने काम गरिरहेकी छिन् । एबिगेलले भनिन् तपाइँ कहिँ पनि नवजात शिशु हेर्न जाँदा उसलाई नचुम्नुहोस् र हात नधोइ उसलाई छुनुहोस् । यसले उसको ज्यान जान सक्छ । डाक्टरका अनुसार एचएसभी १ सामान्य भाइरस हो तर यो नवजात शिशुको शरीरमा प्रवेश गरेमा बच्चालाई बचाउन सकिन्न किनकि २ हप्ताभन्दा कम उमेरका बच्चाको शरीरमा यो भाइरस प्रतिरोधी क्षमता विकास भएको हुँदैन ।
October 27, 2018 12:11 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा