क्यान्सर पीडित नजिन बिक लाई नमुना बिश्वकर्मा समाज नेपाल – कुवेत द्वारा दुई लाख पन्चानब्बे हजार भन्दा बढी आर्थिक सहयोग
कुवेत – नमुना बिश्वकर्मा समाज नेपाल- कुवेतले अाँखा क्यान्सर पीडितलाई ७७३.७५० कुवेती दिनार अर्थात नेपाली दुई लाख सन्तानब्बे हजार आठ सय उनासी रुपैयाँ आर्थिक सहयोग गरेको छ।
म्याग्दी जिल्ला धौलागिरी गाउँपालिका -२ लम्सुङका प्रेम बि.क को छोरा वर्ष आठका नजिन बि.कको अाँखामा क्यान्सर भएको थियो । उनको उपचारका लागि कुवेतमा नजिन बि.क बचाउ अभियान सस्थाका अध्यक्ष भिम गदलको संयोजकत्वमा संचालन गरि ७७३.७५० कुवेती दिनार संकलन गरिएको हो ।
नेपाल क्यान्सर अस्पतालमा उपचाररत बि.क लाई सस्थाका सहकाेषाध्यक्ष राम बिश्वकर्मा, सदस्य रुद्र गदल र आशिस गदलले उक्त आर्थिक सहयोग अाँखा क्यान्सर पीडित नजिनको आमा उदिमाया बि.क र अभियन्ता बबिता योन्जन तामाङ लाई हस्तान्तरण गरिएको हो ।
बिगत ६ महिना पहिले अाँखामा मासु पलाएको र बिस्तारै अाँखामा मासुको आकार बढ्दै गएको थियो । घरको आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाले समयमै उपचार गराउन नसक्दा अाँखामा क्यान्सर भएको थियो । उनको अहिले नेपाल क्यान्सर अस्पतालमा उपचार भइरहेको छ ।
कुवेतको नेपाली समाजमा सन २०१६ को अन्त्यमा स्थापना भएको यस सस्थाले कुवेतमा समस्यामा परेका नेपाली , दुखी, गरिब र असहायहरुको उद्दार कार्यमा महत्त्वपूर्ण भुमिका खेल्दै आएको छ भने स्वदेशमा समेत धेरै दुखी, गरिब र असहायहरु लाई आर्थिक सहयोग गर्दै आएको छ ।
नजिन बि.क बचाउ अभियानमा सहयोग गर्नु हुने संघ – सस्था, समाजसेवी, बुद्धिजीवी, व्यवसायी, पत्रकार, कलाकार लगायत सम्पुर्ण सहयोगी दाजुभाइ तथा दिदिबहिनीहरु लाई नमुना बिश्वकर्मा समाज नेपाल – कुवेतले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।