क्यान्सर पीडित नजिन बिक लाई नमुना बिश्वकर्मा समाज नेपाल – कुवेत द्वारा दुई लाख पन्चानब्बे हजार भन्दा बढी आर्थिक सहयोग
कुवेत – नमुना बिश्वकर्मा समाज नेपाल- कुवेतले अाँखा क्यान्सर पीडितलाई ७७३.७५० कुवेती दिनार अर्थात नेपाली दुई लाख सन्तानब्बे हजार आठ सय उनासी रुपैयाँ आर्थिक सहयोग गरेको छ।
म्याग्दी जिल्ला धौलागिरी गाउँपालिका -२ लम्सुङका प्रेम बि.क को छोरा वर्ष आठका नजिन बि.कको अाँखामा क्यान्सर भएको थियो । उनको उपचारका लागि कुवेतमा नजिन बि.क बचाउ अभियान सस्थाका अध्यक्ष भिम गदलको संयोजकत्वमा संचालन गरि ७७३.७५० कुवेती दिनार संकलन गरिएको हो ।
नेपाल क्यान्सर अस्पतालमा उपचाररत बि.क लाई सस्थाका सहकाेषाध्यक्ष राम बिश्वकर्मा, सदस्य रुद्र गदल र आशिस गदलले उक्त आर्थिक सहयोग अाँखा क्यान्सर पीडित नजिनको आमा उदिमाया बि.क र अभियन्ता बबिता योन्जन तामाङ लाई हस्तान्तरण गरिएको हो ।
बिगत ६ महिना पहिले अाँखामा मासु पलाएको र बिस्तारै अाँखामा मासुको आकार बढ्दै गएको थियो । घरको आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाले समयमै उपचार गराउन नसक्दा अाँखामा क्यान्सर भएको थियो । उनको अहिले नेपाल क्यान्सर अस्पतालमा उपचार भइरहेको छ ।
कुवेतको नेपाली समाजमा सन २०१६ को अन्त्यमा स्थापना भएको यस सस्थाले कुवेतमा समस्यामा परेका नेपाली , दुखी, गरिब र असहायहरुको उद्दार कार्यमा महत्त्वपूर्ण भुमिका खेल्दै आएको छ भने स्वदेशमा समेत धेरै दुखी, गरिब र असहायहरु लाई आर्थिक सहयोग गर्दै आएको छ ।
नजिन बि.क बचाउ अभियानमा सहयोग गर्नु हुने संघ – सस्था, समाजसेवी, बुद्धिजीवी, व्यवसायी, पत्रकार, कलाकार लगायत सम्पुर्ण सहयोगी दाजुभाइ तथा दिदिबहिनीहरु लाई नमुना बिश्वकर्मा समाज नेपाल – कुवेतले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा