

काभ्रे र भक्तपूरको सिमानामा आशापुरिश्वर साँस्कृतिक उत्सब हुने ।

शुक्र मोक्तान,
काभ्रे – भक्तपुर र काभ्रे जिल्लाको सङ्गम स्थल आशापुरिश्वर मन्दिरको प्राङ्गणमा यही २०७५ साल कार्तिक २० गतेका दिन सङ्गितकार सुरेश अधिकारीको प्रमुख आतिथ्यमा आशापुरिश्वर साँस्कृतिक उत्सब तथा गायक बिजय लामाको नागरिक अभिनन्दन र कलकार सम्मान कार्यक्रम हुने भएको छ।
काभ्रे सेवा समाज साउदी अरबका अध्यक्ष तथा समाज सेवी जेन कुमार लामाको मुख्य पहलमा सुर्यबिनायक नगरपालिका ८ को वडा सदस्यको अजय तामाङ् संयोजकत्वमा १७ सदस्यिय मुल आयोजक समारोह समिती गठन गरी यस कार्यक्रमको आयोजना गरिएको जानकारी आयोजकले दिएका छन्।
उक्त कार्यक्रमको उद्देश्य नेपाली साङ्गितिक क्षेत्र तथा कलाकारितामा लागेका कलाकारहरुलाई सम्मान गर्ने र नव प्रतिभाहरुलाई प्रोत्साहन दिने रहेको जानकारी आयोजक सल्लाहकार जेन कुमार लामाले दिएका छन् साथै उने आफ्नो कला र सँस्कृती संरक्षणको लागी आफ्नो ठाउँ बाट गर्न सकिने एक कदम चालेको बताए।
उक्त दिन कार्यक्रम बिहान १० बजे बाट सुरू हुनेछ भने कार्यक्रममा आ-आफ्नो कला प्रस्तुतीको लागी कलाकारहरू ईन्दिरा गुरूङ्, विश्व दोङ्, शसिकला मोक्तान, प्रमोद निर्वाण, गोकुल राउत, मानसराज, लोकेन्द्र सेजवाल, सविना थापा र निशा तामाङ्को उपस्थिती रहने छन् ।
October 28, 2018 6:19 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

