मलेसियाको निःशुल्क रोजगारी खुल्दै, आज मन्त्री विष्टले सम्झौता गर्ने
काठमाडौं, ११ कात्तिक । लामो समय बन्द रहेका मलेसियाको रोजगारी खुल्ने भएको छ । अब नेपाली कामदारले बिना लगानी मलेसिया जान पाउने भएका छन् ।बन्द रहेको मलेसिया रोजगारीखोल्ने सहमतिका लागि त्यहाँका मानव संशाधन मन्त्री एम कुलेसेगरन काठमाडौं आइपुगेका छन् । आज नेपालका श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्ट र मलेसियाका मन्त्री कुलेसेगरनबीच सम्झौता हुनेछ ।
नेपालीका लागि ६ महिनादेखि बन्द मलेसियाको रोजगारी पुनः सुचारु गर्न दुवै मुलुकबीच समझदारी पत्रमा आज हस्ताक्षर हुनेछ । समझदारी पछि कामदारको सम्पूर्ण खर्च मलेसियन रोजगारदाताले व्यहोर्नेछ ।
म्यानपावरले सेवा शुल्कवापत कामदारसँग पारिश्रमिकको आधा महिनाको मात्र शुल्क लिन पाउनेछन् । काममा लागेपछि कामदारको आतेजाते टिकट रोजगारदाताले व्यहोर्ने छ ।६ महिना अघिकै प्रक्रिया अनुसार मलेसियाले नेपालबाट कामदार लैजाने भए पनि अबदेखि कामदारको सम्पूर्ण खर्च मलेसियन रोजगारदाताले बेहोर्ने छन् ।
October 28, 2018 11:40 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।