 
						 
एनआरएनए ताबुकको तेश्रो अधिवेशन तथा दशै विशेष कार्यक्रम सम्पन्न ।
 
 मनोज बराल,
साउदि अरब – गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिती ताबुक साउदी अरबले आफ्नो तेश्रो अधिवेशन सम्पन्न गरेको छ । ताबुकको अल मुफ्ता रिसोर्टमा भएको कार्यक्रमको सभापतित्व क्षेत्रीय अध्यक्ष अर्जुन थापाले गरेका थिए । प्रमुख अतिथीमा एनसीसी सदस्य मनोज बराल थिए भने बिशिस्ट अतिथीको रुपमा एनसिसी उपाध्यक्ष तथा एनआरएनए ताबुकका सस्थापक भक्त हमाल थिए । कार्यक्रममा एनआरएनए ताबुकको नयाँ समितिको चयन भएको थियो ।
अर्जुन थापाको अध्यक्षतामा २१ सदस्यीय समितिको चयन भएको छ । वरिष्ठ उपाध्यक्षमा रामशरण खाती उपाध्यक्षमा नर बहादुर खतिवडा र छत्र बहादुर थापा(राजु) चयन भएका छन भने सचीव युवराज पोख्रेल तथा सह-सचिव श्याम कुमार साफी चुनिएका छन त्यसैगरी कोषाध्यक्षमा देविबहादुर सुतार कार्की र सह- कोषाध्यक्षमा दुर्गा सापकोटा चयन भएका छन । समितिको युवा संयोजक राजु खनाल साथै प्रवक्तामा भिम गुरुङ सर्व सम्मत चुनिएका छन । एनआरएनए ताबुकको कार्यसमिति सदस्यहरुमा राजकुमार राइ, प्रकास थापा, ओम थापा, लिला हुमागाइ, राजकुमार श्रेष्ठ, दिपक कार्की, रुद्र चौधरी, खेमराज खत्री लगायत चुनिएका छन ।
कार्यक्रमको दोश्रो चरण अन्तर्गत सामुहिक टिका ग्रहण कार्यक्रम भएको थियो । जहाँ अग्रज ब्यक्तित्व भक्त हमाल बाट उपस्थित सबैले टिका गरेका थिए । टिका ग्रहण पश्चात सामुहिक भोजको कार्यक्रम भएको थियो साथै मनोरन्जनका लागी भलिबल कार्यक्रम पनि भएको थियो । कार्यक्रमको अवसरमा सस्थाप्रती योगदान गर्ने महानुभावहरुलाइ सम्मान-पत्र वितरण गरिएको थियो ।
October 29, 2018 8:00 pm | प्रवास 
प्रतिकृयाहरू :
समाचारहरु:
 
						भर्खरै प्रकाशित
 
			  		कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
 
			  		संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
 
			  		प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
 
			  		त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो
 
			  		जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
 
			  		भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी
 
			  		जेनजीद्वारा माइतीघर मण्डलामा प्रदर्शन
 
			  		चुनावमा भयरहित ढङ्गले मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार प्रतिवद्ध : प्रधानमन्त्री कार्की
 
 
