जलमार्गको सम्भाव्यता अध्ययन गर्न सरकारले बनायो समिति
8 years अगाडी
coderpradip
सरकारले जलमार्ग हुँदै भारतबाट सामान ल्याउन सम्भाव्यता अध्ययन गर्न समिति बनाएको छ। जल तथा उर्जा आयोगका सहसचिव माधव बेल्वासेको संयोजकत्वमा समिति गठन भएको हो।
समितिमा उर्जा तथा सिँचाइ,भौतिक पूर्वधार तथा यातायात, उद्योग वाणिज्य तथा आपूर्ति र परराष्ट्र मन्त्रालयका प्रतिनिधि सदस्य रहनेछन्।
गत बिहीबार गठन भएको समितिले केही दिनमै काम थाल्ने संयोजक बेल्वासेले सेतोपाटीलाई जानकारी दिए।
‘केही दिनमै सम्बन्धित मन्त्रालयले प्रतिनिधि पठाउँछन्, त्यसपछि हामी बसेर के गर्ने टुंगो लगाउँछौं,’ बेल्वासेले भने,’अध्ययन गर्न भारतसँग पनि समन्वय आवश्यक छ।’
अध्ययन गर्न समितिलाई ३० लाख रुपैयाँ बजेट छुट्याइएको छ। काम राम्ररी अघि बढे रकम बढाउन पनि सकिने उनले बताए। सम्भाव्यताका अध्ययनका लागि समय भने नतोकिएको उनले जानकारी दिए।
June 3, 2018 5:22 am | Uncategorized,अर्थ,चलचित्र,टिप्स/जानकारी,प्रवास,फोटो,राजनीति,रोचक,लोकप्रिय,विचार/ब्लग,संगीत,समाचार,समाज,साहित्य,स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Loading...