निर्मला हत्या प्रकरण : दबाबमूलक समूह नै दुई गुटमा
काठमाडौँ, १३ कात्तिक । तीन महिना बितिसक्दा पनि निर्मला पन्तको हत्यारा पत्ता नलागेको भन्दै महिलाअधिकारकर्मी तथा स्थानीयले सोमबार महेन्द्रनगरमा प्रदर्शन गरेका छन् ।उनीहरुले शीघ्र हत्यारा पत्ता लगाउन माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।
सरकारले तत्कालीन प्रहरी एसपी डिल्ली विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई बर्खास्त मात्र गरेकाले निर्मलाको हत्यारा पत्ता लगाउने कुरा ओझेलमा पार्न खोजेको भन्दै असन्तुष्ट स्थानीयले प्रदर्शन गरेका हुन् ।
आन्दोलनमा दुई गुट : निर्मला पन्तको हत्यारा पत्ता लागाउनु पर्छ भन्ने एउटै मागका लागि गरिएको आन्दोलन दुई गुटमा बाँडियो ।सुरुका दिनमा निर्मला हत्या पत्ता लगाउन हेलन श्रेष्ठको संयोजकत्वमा गठन भएको संघर्ष समितिले अगुवाई गर्यो ।केही सातापछि मीना भण्डारीको संयोजकत्वमा अर्को नागरिक संघर्ष समिति गठन भयो ।
एकले अर्कोको अस्तित्व नस्वीकार्ने दुई समितिमा बााडिएका महलिाबीच द्धन्द भइरहेका बेला मीना भण्डारीको टीमका महिला अधिकारकर्मीले निर्मलाकी बुवा यज्ञराज पन्त र आमा दुर्गादेवी पन्तलाई अर्को टीमका महिलालाई जानकारी नदिई भदौ २५ गते काठमाडौं लगेपछि यी दुई गुटको विवाद छताछुल्ल भयो । नागरिकमा खबर छ ।
October 30, 2018 11:36 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन