पुरुषको यौन जीवनबारे सनसनीपूर्ण खुलासा
एजेन्सी। अष्ट्रेलियामा गरिएको एक नयाँ अनुसन्धानबाट महिला जस्तै पुरुषपनि पोस्टक्वाइटल डायसफोरिया अर्थात पीसीडीसँग जुध्नुपर्छ जसका कारण यौन सम्पर्कपछि पुरुषलाई दुख, रोदन र चिडचिडापनको महशुस हुने पत्ता लागेको छ।क्वींसल्याण्ड युनिभर्सिटी अफ टेक्नोलोजीका खोजकर्ताकातर्फबाट १ हजार २०८ पुरुषमाथि गरिएको सर्वेक्षणबाट यो खुलासा भएको हो। सर्वेमा अष्ट्रेलिया, अमेरिका, बेलायत, रुस न्युजल्याण्ड र जर्मनका पुरुष सहभागी थिए।
सर्वेमा भाग लिएका ४१ प्रतिशत पुरुषले आफ्नो जीवनकालमा कुनै न कुनै बेला पीसीडीको अनुभव गरेको बताएका थिए भने २० प्रतिशतले भने चार हप्ताको अन्तरालमा यस्तो अनुभव गरेको बताएका थिए।महिलाहरुमा पीसीडीको अनुभव पहिला नै पुष्टि भइसकेको छ। तर पहिला कुनै पनि अनुसन्धानबाट पुरुषमा पनि पीसीडीको अनुभव हुने कुराको जानकारी प्राप्त भएको थिएन।
प्रोफेसर रबर्ट श्वाइट्जरका अनुसार नयाँ शोधबाट पुरुषमा सेक्सको अनुभव अपेक्षा भन्दा धेरै जटिल हुने गरेको खुलेको छ।यो नयाँ सोधबाट के पनि पत्ता लागेको छ भने पीसीडीबाट केवल पुरुषहरुमा मात्र यस्तो अनुभव मात्र हुँदैन, यौन सम्पर्क गर्दा महिलालाई पनि यस्तो अनुभव हुन्छ।
October 30, 2018 11:46 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन