६ हप्ताको गर्भ खेर गएपछि पीडामा थिए दम्पती, ७ महिनामा भयो चमत्कार
एजेन्सी। अमेरिकाका एक दम्पतीले आफूहरु आमाबाबु बन्न लागेको खुसीको खबर पाए । तर, ६ हप्तामै उनीहरुको सबै खुसी पीडामा परिणत भयो जब डाक्टरले गर्भ खेर गएको खबर दिए । यी दुवैलाई यो पीडाबाट बाहिर निस्कन निकै समय लाग्यो । यो घटनाको करिब ७ महिना बितेपछि अचानक एक दिन पत्नीको पेटमा भयानक पीडा भयो र एउटा थैलाजस्तै वस्तु बेडरुमको भुइँमा खस्यो । यो एमिनाटिक स्याकमा उनीहरुको बच्चा थियो जुन बच्चा पेटमा हुर्किरहेको उनीहरुलाई थाहै थिएन । अचानक जन्मिएको यो बच्चाले उनीहरुको जीवनमा खुसी भरिदिएको छ ।
घटना ओहियो राज्यको टेलेडो शहरको हो जहाँ मेरेडिथ ली बरचम र उनका पति ब्रेण्डनले आमाबाबु बन लागेको खबर पाएका थिए तर ६ हप्तामै गर्भ खेर गएको थियो । ७ हिनापछि मेरेडिथको पेटमा भयानक पीडा हुन थाल्यो । उनी पीडाले आत्तिएकी थिइन् र ब्रेन्डन उनको मद्दत गर्न चाहन्थे तर उनले केही बुझ्न सकिरहेका थिएनन् । ब्रेन्डनले केही बेरपछि देखे कि भुइँमा थैलोजस्तै केही छ । यो थैलो एमनियाटिक स्याक (साल जसभित्र गर्भमा बच्चा हुर्किन्छ) थियो र यो थैलोसमेत बच्चा मेरेडिथको पेटबाट बाहिर आएको थियो । गर्भ खेर गएदेखि मेरेडिथलाई यो बच्चा आफ्नो पेटमा हुर्किरहेको पत्तै थिएन ।
बच्चा त निस्कियो तर उनीहरुलाई यो निश्चित गर्न मुस्किल थियो कि बच्चा जीवित छ कि छैन । तर करिब २ मिनेटमा नै यो थैलो आफैं फुट्यो र बच्चा बाहिर निस्कियो । मेरेडिथले तब थाहा पाइन् कि उनले छोरीलाई जन्म दिएकी छिन् । तर, त्यसपछि पनि न बच्ची रोइरहेकी थिइन् न शरीरमा कुनै चाल थियो । ब्रेन्डनले तत्काल इमरजेन्सी नम्बरमा फोन गरेर मेडिकल टिम बोलाए । मेडिकल टिमले पत्तँ लगाए कि बच्चाको घाँटीमा एउटा बर्ड फसेको थियो । यो हटाएपछि बालिकाले रुन र ठिकसँग सास लिन थालिन् । आमा र बच्चालाई तत्कालै अस्पताल भर्ना गरियो । अहिले आमा र बच्चा दुवै स्वस्थ छन् ।
October 30, 2018 12:02 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा