नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप : गाेली लागेर एकको मृत्यु, पाँच घाइते
मलंगवा : सर्लाही रामनगर गाउँपालिका ४ मा मंगलबार बिहान नेकपा र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन्।
दुई सय बढी संख्यामा एकसाथ बिहान ७ बजे पुगेका नेकपाका कार्यकर्ताले कुटपिट गर्दै गोली चलाउँदा वडा नम्बर ४ का वडा अध्यक्ष राम नरेश महतोका काका ५५ वर्षीय राम बिलास महतोको घटनास्थलमै मृत्यु भएको हो।
उनको मुख र पेटमा गोली लागेको सर्लाही क्षेत्र नम्बर ४ प्रदेश क बाट निर्वाचित सांसद वीरेन्द्र सिहले जानकारी दिए।
घटनास्थलमा बिहानैदेखि तनाव छ। आक्रोशित भिडले शवलाई उठाउन दिएका छैनन्। नेकपाका कार्यकर्ताले घाइतेलाई लिन गाउँ पुगेका एम्बुलेन्समाथि समेत तोडफोड गरेका छन्।
घाइते हुनेमा महदेव राय, विवेक महतो, प्रमोद सहनी, भोजेन्द्र महतो, श्रीनारयण महतो, प्रेमनारायण महतो, मुकेशप्रसाद महतोलाई गोलीको छर्रा लागेको स्थानीय प्रेम सिंहले जानकारी दिए।
घाइते लिन गएको एम्बुलेन्समा तोडफोड गरेकाले घाइतेलाई उपचारमा लान समस्या भएको सांसद सिंहले बताए। आक्रोशित भिडले स्थानीय १० घरमा समेत तोडफोड गरेको छ।
सोमबार सोही नगरपालिका वडा नम्बर ४ बाट निर्वाचित वडा अध्यक्ष रामनरेश महतोलाइ नेकपाका कार्यकर्ताले कुटपिट गर्दा उनको खुट्टा भाँचिएको थियो भने टाउकोमा गम्भीर चोट लागेको थियो।
प्रहरीले घटनाको विषयमा अनुसन्धान भइरहेको बताएको छ। जिल्ला प्रहरी कार्यालयका डीएसपी पुरुषोतम पाण्डेले भने, ‘घटनाबारे अनुसन्धान भइरहेको छ। सत्यतथ्य सार्वजनिक गर्न समय लाग्छ।’
स्थानीयले भने ठूलो घटना भइसक्दा पनि प्रहरीले आरोपितलाई पक्राउ नगरी संरक्षण गरेको आरोप लगाएका छन्। प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलका अनुसार अनुसन्धानका लागि डीएसपीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटाइएको छ।
October 30, 2018 4:05 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।