यी हुन् केराका पत्याउनै नसकिने फाइदा: पायल्स र अल्सर हुनेहरुलाई पनि यस्तो फाइदा
विश्वका धेरै मुलुकमा महत्वपूर्ण फलका रुपमा प्रयोग गरिने केरा स्वास्थ्यका लािग निकै लाभदायी मानिन्छ । केराको प्र्राचिन थलो दक्षिण तथा दक्षिणपूर्वी एशिया मानिन्छ, जसलाई ‘मुसा’ नामले चिनिन्थ्यो ।यसको वैज्ञानिक नाम ‘मुसा एकुमिनाटा’ हो । केरा त्यसै पनि खान सकिन्छ या यसलाई सलाद, जुस या सेकका रुपमा खान सकिन्छ । यो विश्वका १ सय देशमा उत्पादन हुन्छ र केराको रुख फाइबर बनाउन प्रयोग गरिन्छ भने फल वाइन बनाउन पनि प्र्रयोग गरिन्छ । कतै–कतै गहना बनाउन पनि प्रयोग गरिन्छ ।
पोषक तत्वको भण्डार : यसमा भिटामिन र खनिज प्रच्ुर मात्रामा पाइन्छ । यसमा पाइने भिटामिन सी, भिटामिन बी, रिवोफ्लाबिन, फोलेट, प्यान्टोथेनिक एसिड र नियासिनका कारण अन्य फलमध्ये सबैभन्दा उत्कृष्ट फलका रुपमा मानिन्छ । यसमा पोटासियम, म्यांगानिज, म्याग्नेसियम, तामाजस्ता खनिजहरु पनि प्रचुर रुपमा पाइन्छ । यो फाइबर र प्रोटिनको असल स्रोत पनि हो ।
तौल घटाउँ : केरा तौल घटाउन निकै लाभदायी मानिन्छ । यसमा ९० क्यालोरीमात्र हुन्छ । प्रशस्त मात्रामा फाइबर हुने हुनाले सजिलै पच्छ । यसमा चिल्लो पदार्थ हुँदैंन । यसैले मोटोपना भएको मानिसले केरा खानु फाइदाजनक नै हुन्छ । यसले भोक लाग्ने हर्मोन पनि सिर्जना गर्ने हुनाले भोक जाग्छ ।
हड्डी मजबूत पार्छ : फ्रुक्टोलिगोस्याचिराइड हुने भएकाले यसले हड्डी मजबूत पार्छ । यसले पाचनप्रणालीमा असल ब्याक्टेरिया सिर्जना गरी शरीरले खनिज र पोषक तत्व लिने क्षमतालाई मजबूत बनाउँछ । क्याल्सियमजस्ता तत्व लिने क्षमता वृद्धि गृर्छ ।
सुन्निएको निको पार्छ : केरामा ‘एन्टी इन्फ्लामेटोरी’ तत्वहरु हुन्छन् । यसको अर्थ के हो भने यो प्राकृतिक रुपमै सुन्निएको निको पार्छ भने आर्थराइटिस र युरिक एसिडमा लाभदायी हुन्छ । पोषक तत्व नपाएको अवस्था र वृद्ध अवस्थामा यस्ता समस्या देखिन्छ । त्यसैले दैनिक रुपमा केरा खाँदा यस्ता समस्या हट्छन् ।
तौल बढाउन पनि उपयोगी : केरा तौल बढाउन पनि उपयोगी हुन्छ । दूधसंग केरा खानाले तीब्र रुपमा तौल बढ्छ । दूधले आवश्यक प्रोटीन दिन्छ भने केराले चिनीको मात्रा उपलब्ध गराउँछ । यो सजिलै पच्ने भएकाले कम तौल भएको मानिसले दैनिक ५–६ कोसा केरा खानाले करिब ६ सय क्यालोरीसम्म प्राप्त हुन्छ, जसले गर्दा तौल बढ्न मद्धत पुग्छ । यसले शक्ति प्राप्त हुन्छ । खेलाडीले पनि थप उर्जा प्राप्त गर्न ब्रेकका बेला केरा खाने गर्छन्।
पायल्सको समस्या हटाउँछ : यदि दिसा सजिलै नआउने समस्या या पायल्स छ भने केरा यसको सही उपचार हो । केरा सूजनाप्रतिरोधी भएका कारण पायल्सको समस्या हटाउन मद्धत गर्छ ।
कब्जियत हटाउँछ : यसमा फाइबरको मात्रा प्रचुर हुने भएकाले दिसा सजिलै गराउँछ । यसले आन्तरिक पाचन प्रणाली पनि सुधार्छ र कोलोरेक्टल क्यान्सर हुन दिँदैंन ।
अल्सर निको पार्छ : लामो समयदेखि केरा एन्टासिड खाद्यपदार्थको रुपमा प्रयोग हुँदैं आएको छ । यसमा भएका तत्वले पेटका कोषिकाका क्रियाकलापलाई बढाइदिन्छ र एसिड बन्न दिँदैंन । यसले अल्सरको विकासमा कारक मानिएका पेटका खराब ब्याक्टेरिया नष्ट गर्छ ।
मिर्गौलामा समस्या निम्तन दिँदैंन : केराले शरीरमा तरल पदार्थको सन्तुलनमा नियमितता ल्याउन मद्धत गर्ने भएकाले मिर्गौलामा समस्या निम्तन दिँदैंन । यसमा भएको एन्टीअक्सिडेन्टले मिर्गौलाले गर्ने काममा सकारात्मक असर गर्छ र विषाक्त पदार्थ बाहिर फ्याँक्न मद्धत गर्छ यसका साथै केरा दृष्टि शक्तिमा फाइदाजनक मानिन्छ भने पोटासियमको राम्रो स्रोत भएकाले पनि मुटुका रोगीलाई फाइदा गर्छ, उच्च रक्तचाप घटाउन मद्धत गर्छ । उच्च आइरन हुने भएकाले रक्तअल्पता हुन दिँदैन ।
June 5, 2018 12:12 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने